site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा आज हुँदैछ विश्वकै ठूलो लोकतन्त्रको अभ्यास, मोदीका लागि जनमत संग्रह
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतमा आज १७ औं लोकसभाका लागि पहिलो चरणको आम निर्वाचन हुँदैछ । यो चुनाव भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि जनमत संग्रहका रुपमा लिइएको पाइएको छ । आजको निर्वाचनमा १० औं लाख मानिसले २० वटा राज्यका ९१ वटा निर्वाचन क्षेत्रमा मतदान गर्दैछन् ।

भारतको लोकतान्त्रिक अभ्यासलाई लिएर नै भारतलाई विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र भन्ने गरिएको छ । विभिन्न सात चरणमा हुने यो निर्वाचन आगामी मे १९मा सकिनेछ र मतगणना मे कै २३ तारेखमा हुनेछ । भारतमा अहिले करिब ९० करोड मतदाता मतदानका लागि योग्य रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी सन् २०१४ को चुनावमा विजयी भएपछि मोदी प्रधानमन्त्री भएका हुन् । संसद्को तल्लो सदन लोकसभामा ५ सय ४३ निर्वाचित सिट मध्ये  सरकार बनाउनका लागि कुनै पनि पार्टी वा गठबन्धनले कम्तीमा २ सय ७२ सिट जित्नुपर्नेछ । 

भारतीय जनता पार्टीलाई अहिले प्रमुख विपक्षी कांग्रेस आइ नेतृत्वको गठबन्धनले टक्कर दिइरहेको छ ।  यो निर्वाचनका क्रममा सत्तापक्ष र विपक्ष चर्को आरोप प्रत्यारोपमा उत्रिएका छन् । प्रधानमन्त्री मोदी नै सत्तापक्षका लागि मत माग्ने प्रमुख व्यक्ति रहेका छन् । यद्यपि उनले अन्तिम अवस्थामा पुगेको उनको पहिलो कार्यकालमा भएका कामलाई लिएर जनतालाई सन्तुष्ट पार्न भने सकेका छैनन् । 

Global Ime bank

आलोचकहरूले आर्थिक वृद्धि र रोजगारीको अवससर  सिर्जना गर्ने उनको वाचा पूरा हुन नसकेको आरोप लगाएका छन् । त्यस्तै मुलुकलाई धार्मिक हिसाबले ध्रुवीकरण गरेको आरोप पनि उनी माथि रहेको छ ।  उनको कार्यकालमा हिन्दूलाई च्याप्ने र मुश्लिम समुदायमाथि असहिष्णु रहेको आरोप लाग्दै आएको छ । अघिल्लो चुनावमा ६६ प्रतिशत मत खसेकोमा अहिले कति खस्छ त्यो यसै भन्न सकिने अवस्था छैन । 

अहिले बिहान स्थानीय समयअनुसार ७ बजेबाट शुरु निर्वाचन आन्ध्र प्रदेश, अरुणाञ्चल प्रदेश, आसाम, विहार, छत्तीसगढ, जम्मु काश्मीर, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, उडिसा, सिक्किम, तेलंगना, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अन्दामन र निकोबार प्रायदीप र लक्षदीपमा हुँदैछ । (बीबीसी)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५  ०७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC