site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रगत अभाव भएपछि उद्धारमा खटिएका सुरक्षाकर्मी नै रक्तदानमा जुटे

काठमाडौं । हावा हुरीका कारण घाइते भएकाहरुको उपचारका लागि रगत अभाव भएपछि उद्धारमा खटिएका नेपाली सेना तथा नेपाली प्रहरीका जवानहरु र सर्वसाधारण नै रक्तदानमा जुटेका छन् । 

बारा र पर्सामा चार सयभन्दा धेरै मानिसहरु घाइते भएपछि उनीहरुको उपचारका लागि वीरगन्‍ज अस्पतालमा रगतको अभाव भएको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

एकैचोटी धेरै घाइतेहरुलाई रगत आवश्यक पर्दा रगत अभाव भएको जनाइएको छ । 

प्रदेश नम्‍बर २ मा मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले ट्‍वीट गर्दै रगत अभावका भएकोले रक्तदान गर्न आह्वान गरेका हुन् । उनले ट्‍वीटमा लेखेका छन्, "वीरगन्‍ज अस्पतालमा रगतको अभाव देखियो, स्थानीय साथीहरु वीरगन्ज अस्पताल गई तत्काल रगत दान गरौँ ।"

हावा हुरीका कारण बारा र पर्सा गरी कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ४०० भन्दा धेरै घाइते भएका छन् । 

बाराको भलुही, भरबलीया, फेटा, चैनपुलगायतका गाउँहरु हुरीबाट बढी प्रभावित छन् । 

तस्बिर : सामाजिक सञ्‍जाल

अपडेट- हुरीका कारण ज्यान गुमाउनेको संख्या २७ पुग्यो, ४०० भन्दा बढी घाइते

हुरीमा परी घाइते भएकाको उपचारका लागि रगत अभाव, रक्तदानको आह्वान

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १८, २०७५  ०१:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro