site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको छत्तीसगढमा प्रहरीसँगको मुठभेडमा चार नक्सलवादी मारिए

नयाँदिल्ली । मध्य भारतको छत्तीसगढ राज्यमा आइतबार नक्सलवादी र प्रहरीबीच भएको मुठभेडमा कम्तीमा चारजना नक्सलवादीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छत्तीसगढको राजधानी सहर रायपुरबाट करिब १९२ किलोमिटर दक्षिणमा रहेको नारायणपुर जिल्लाको अबुझमढ जंगल क्षेत्रमा नक्सल र प्रहरीको संयुक्त टोलीबीच मुठभेड भएको हो ।

प्रहरीका अनुसार नक्सलहरुको उपस्थिति रहेको आशंकामा विशेष गुप्तचर सूचनाका आधारमा प्रहरी इकाइहरुको संयुक्त टोलीले उक्त क्षेत्र घेराबन्दी गरेको थियो । “आज अबुझमरह जंगल क्षेत्रमा नक्सल र प्रहरी बल बीच मुठभेड भयो । मुठभेडमा अहिलेसम्म चार नक्सली मारिएका छन्,” एक प्रहरी अधिकारीले बताए ।

छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव साईले मारिएका प्रहरी जवानका परिवारप्रति समवेदना प्रकट गरे ।

“सुरक्षा बलहरू नक्सलवाद विरुद्ध बलियो रूपमा लडिरहेका छन् र यो लडाई नक्सलवादको अन्त्य सम्म जारी रहनेछ,”साईले एक विज्ञप्तिमार्फत जानकारी दिए ।

प्रहरीले मुठभेड स्थलबाट दुई थान एसल्ट राइफल सहित केही स्वचालित हतियार र केही गोलाबारुद समेत बरामद गरेको दाबी गरेको छ ।

पछिल्लो समाचार नआएसम्म उक्त क्षेत्रमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । हाल भारतको मध्य र पूर्वी भागहरूमा नक्सलहरू सक्रिय छन् ।

नयाँ दिल्लीले आफ्ना अर्धसैनिक बललाई नक्सलवादीहरूसँग लड्न खटाएको छ । विद्रोहले हजारौँ बासिन्दाहरूलाई घरबारविहीन बनाउनुको साथै सयौँको ज्यान लिएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  २१:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro