विदेश
न्यूजील्याण्ड । न्यूजील्याण्डका प्रधानमन्त्री जाकिन्दा आर्डेनले क्राइस्टचर्च भन्ने स्थानका दुई वटा मश्जिदमा हालै भएको बम आक्रमण छानबिनका लागि उच्चस्तरीय छानबिनको निर्देशन दिएकी छन् ।
केही दिन अघि भएको सो आक्रमणमा ५० जनाको निधन भएको थियो । उनका अनुसार एउटा उच्च स्तरीय रोयल कमिसनले १५ मार्चमा भएको सो गोलीकाण्डमा प्रहरीले जोगाउनका लागि केही गर्न सक्थ्यो कि सक्दैनथ्यो भन्ने बारेमा छानबिन गर्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा बताएकी छन् ।
रोयल कमिसन न्यूजील्याण्डको कानुनले निर्धारण गरेको सबैभन्दा उच्चस्तरीय छानबिन निकाय हो । प्रधानमन्त्रीले सो आयोगले विस्तृत प्रतिवेदन दिने जनाएकी छन् ।
(बीबीसी)
प्रकाशित मिति: सोमबार, चैत ११, २०७५ १२:४३
प्रतिक्रिया दिनुहोस्