site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा चालु आर्थिक वर्ष २०७५÷७६ मा ४९ उजुरी दर्ता भएको छ । सबैभन्दा बढी जग्गा विवादको उजुरी परेको न्यायिक समितिका संयोजक तथा उपप्रमुख रमादेवी राईले बताइन् ।  

सकेसम्म उजुरी मेलमिलापबाटै टुङ्ग्याउने गरेको र मिल्दै नमिल्ने मुद्दालाई मात्र अदालतमा पठाउने गरिएको उपप्रमुख राईले बताइन् । उनका अनुसार तीमध्ये १५ उजुरीमा मेलमिलाप गरिएको छ । छ वटालाई अदालतमा सिफारिस गरिएको छ भने १३ वटा फछ्र्योट भएको छ । बाँकी २२ उजुरी प्रक्रियामै रहेको राईले बताइन् । व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी नगरपालिकाको न्यायिक समितिमा नपरे पनि घर–जग्गा विवाद, पारिवारिक विवाद, गालीगलौज, लेनदेन विवाद र घरबहालसम्बन्धी उजुरी न्यायिक समितिमा पर्ने गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

चालू आवमा पारिवारिक विवादका नौ उजुरी दर्ता भएको छ । नगरपालिकाको न्यायिक समितिमा घरबहालसम्बन्धी ६ र गालीगलौजसम्बन्धी चार उजुरी दर्ता भएको छ । त्यस्तै सम्बन्धविच्छदेका ६ तथा बाटो विवादसम्बन्धी र लेनदेन ठगी विवादसम्बन्धी चार÷चार उजुरी नगरपालिकाको न्यायिक समितिमा दर्ता भएको छ । न्यायिक समितिमा वातावरण प्रदूषणसम्बन्धी उजुरी पनि पर्ने गरेको कार्यालयले जनाएको छ । 

कलकारखानाको ध्वनि प्रदूषणका कारण नजिक रहेको बस्तीमा बस्न समस्या भएको छ । दैनिक कामकाजमा समेत बाधा पुगेकाले न्यायिक समितिमा उजुरी आउने गरेको राईले बताइन् ।  नगरपालिकामा सबै उजुरी लिखितरुपमै आउने गरेको छ । उपप्रमुख राईको संयोजकत्वमा रहेको समितिमा दुई कानुन व्यवसायी सदस्य छन् । समितिले यहाँ दर्ता भएका उजुरीको सुनुवाइका लागि प्रत्येक मङ्गलबार र शुक्रबार इजलास राख्दै आएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५  ०७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC