विराटनगर । महिला साफ च्याम्पियनसिपममा भारतले नेपालविरुद्ध ३–१ ले विजयी भएको छ । ७७ औं मिनेटमा अन्जु तामाङले गोल गरेपछि नेपालले पाँचौं महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपालविरुद्ध ३–१ को अग्रता बनाएको थियो ।
७७ औं मिनेटमा अन्जु तामाङले भारतका लागि तेस्रो गोल गरेपछि भारतले अग्रता ३–१ बनाएको थियो ।
यसअघि ६३ औं मिनेटमा भारतकी ग्रेस दाम्बेले गोल गरेकी थिइन् । नेपालकी गोलकिपर एन्जीला तुम्बापो सुब्बा अगाडी बढेको मौकामा भारतकी ग्रेसले गरेको प्रहार गोलमा परिणत भएको थियो । पहिलो हाफमा सुधारिएको प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा दबाबमा खेलेको थियो ।
विराटनगरस्थित सहिद रंगशालामा पहिलो हाफको खेल भने १–१ को बराबरीमा सकिएको थियो । साबित्राले २६ औं मिनेटमा पछि परेको नेपाललाई ३१ औं मिनेटमा बराबरीमा ल्याएकी थिइन् ।