विराटनगर । ७७ औं मिनेटमा अन्जु तामाङले गोल गरेपछि नेपालले पाँचौं महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपालबिरुद्ध ३–१ को अग्रता बनाएको छ । ७७ औं मिनेटमा अन्जु तामाङले भारतका लागि तेस्रो गोल गरेपछि भारतले अग्रता ३–१ मा पुर्याएको हो । यसअघि ६३ औं मिनेटमा भारतकी ग्रेस दाम्बेले गोल गरेकी थिइन् । नेपालकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा अगाडि बढेको मौकामा भारतकी ग्रेसले गरेको प्रहार गोलमा परिणत भएको थियो । पहिलो हाफमा सुधारिएको प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा दबाबमा खेलिरहेको छ ।
बिराटनगरस्थित सहिद रंगशालामा पहिलो हाफको खेल भने १–१ को बराबरीमा सकिएको थियो । साबित्राले २६ औं मिनेटमा पछि परेको नेपाललाई ३१ औं मिनेटमा बराबरीमा ल्याएकी थिइन् । का लागि साबित्रा भण्डारीले ३१ औं मिनेटमा बराबरी गोल फर्काइकी छन् । गिता रानाको लामो पासमा साबित्राले गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसअघि साबित्रा १० औं र २६ औं मिनेटमा गोल गर्न चुकेकी थिइन् । यस्तै पहिलो हाफ सकिन केही सेकेण्ड बाँकी रहँदा नेपाल साबित्राले सुनौलो अवसर खेर फालिन् । भारतकी गोलकिपर अगाडी बढेको मौकामा साबित्राले गरेको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो।
२६ औं मिनेटमा पाहुना टोली भारतले अग्रता लिएको थियो । हिरा कुमारी भुजेलको फाउलमा प्राप्त पेनाल्टीमा भारतकी डालिमाले गोल गरेकी थिइन् ।