site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बूढानिलकण्ठ बैठकः सहमति जुटेन, पौडेल पक्षले सोमबारको बैठक बहिस्कार गर्ने ! 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ । पार्टीमा चुलिएको असन्तुष्टि साम्य पार्ने उद्देश्यले सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बिना निष्कर्ष टुंगिएको हो । 
केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि पार्टीमा चुलिएको असन्तुष्टि साम्य पार्ने उद्देश्यले सभापति देउवाले आफूविरुद्ध मोर्चाबन्दीमा लागेका नेताहरुलाई छलफलका लागि बोलाएका थिए । 

बैठकमा पार्टीभित्रको असन्तुष्टि, देशको वस्तुस्थिति, सरकार, संसद र सरकारले ल्याएका विधेयकहरुका बारेमा छलफल भएको बताएको छ । बैठकमा अनुशासन समिति र केन्द्रीय निर्वाचन समिति गठनका बारेमा पनि छलफल भएको नेताहरुले बताएका छन् । 
पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठकमा सहभागी नेताहरु पार्टीको केन्द्रीय कार्यसमिति बैठक सुचारु गर्ने र पार्टीको छविमा आघात नपुग्ने गरी अगाडि बढ्नु पर्ने पक्षमा भने देखिएका छन् ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

‘‘बैठकमा गम्भिरतापूर्वक छलफल गरियो । तर केही निष्कर्ष निस्केन,’’ बैठकमा सहभागी केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले भने । संस्थापन इतर समूहले सभापति देउवाले सुरु गरेको सहमतिको प्रयासलाई सकारात्मक भनेको छ । 

‘‘सभापतिज्यूले सल्लाह गर्न खोज्नुभयो, यसलाई हामीले पोजेटिभ भनेका छौं । बैठकमा उहाँले सबै कुरा सुन्नभयो तर निष्कर्ष निस्केन,” केसीले भने । संस्थापन इतर समूहले सोमबार बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागिताका लागि राखेको अडान भने यथावत रहेको जनाएको छ ।      

‘‘सहमतिको प्रयास भोलि पनि हुन्छ । सहमति नभइ यथास्थितिमा बैठकमा सहभागी हुने परिस्थिति भने हुँदैन,” नेता केसीले भने । 

गत फागुन २२ गते केन्द्रीय सदस्य प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको संस्थापन इतर समूहको बैठकले असहमतिका विषयलाई सभापति देउवाले छलफल गरेर सहमतिमा नटुंग्याएसम्म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने निष्कर्ष निकालेको थियो । 

संस्थापन पक्षले भने बैठक सहमति नजिक पुगेको दाबी गरेको छ । बैठकमा अनुशासन समिति र केन्द्रीय निर्वाचन समिति गठनका बारेमा छलफल भएको र आफूहरु सहमति नजिक पुगेको बैठकमा सहभागी केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए ।  

‘‘केही कुरो मिल्न बाँकी छ । अनुशासन समितिले निर्णय गर्दा सर्वसम्मत गर्ने कि बहुमतीय प्रक्रियामा गएर गर्ने भन्ने बारेमा कुरो मिलेको छैन,’’ उनले बाह्रखरीसँग भने, ‘‘समिति गठन सर्वसम्मतिले गर्ने विषयमा सबै सहमत छौं । समितिले काम गर्दा सहमतिले नै गर्ने कि प्रक्रियामा गएर गर्ने भन्ने कुरामा केही मतभेद छ ।’’
फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  २०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro