site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बार्सिलोनाले च्याम्पियन्स लिग जित्‍न सक्ने मुख्य तीन आधार 
Sarbottam CementSarbottam Cement

एजेन्सी । बार्सिलोना स्पेनिस फुटबलको सबैभन्दा सफल क्लब हो। बार्सिलोनाले क्लब फुटबलका प्राय सबै उपाधिहरु चुमिसकेको छ। बार्सिलोनाले २५ पटक स्पेनिस ला-लिगा, ३० कोपा डेल रे,  १३ सुपर कप, ५ च्याम्पियन्स लिग, ५ युईएफए सुपर कप र ३ पटक फिफा विश्वकप जितेको छ। अन्य घरेलु कप तथा युरोपियन कपहरु समेत बार्सिलोनाले हात पारिसकेको छ।

स्पेन र युरोपमै सफल क्लब बार्सिलोनासँग विश्व स्तरीय खेलाडीहरु अनुबन्धन गर्ने क्षमता छ। बार्सिलोनाले क्लब फुटबलमा हरेक सिजन उत्कृष्ट नतिजा जोड्दै आएको छ। बार्सिलोना यो सिजन पनि ला लिगा र कोपा डेल रेको उपाधि नजिक छ। बार्सिलोनाले कोपा डेल रेको फाइनलमा स्थान बनाइसकेको छ। 

उता स्पेनिस ला लिगामा पनि दोस्रो स्थानको एथ्लेट्लिेटिको मड्रिडसँंग सात अंकको अग्रता बनाएको छ। बार्सिलोनाले एट्लेटिको भन्दा एक खेल कम खेलेको छ। बार्सिलोनाले यस सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। साथै बार्सिलोनाले क्वाटरफाइनलमा इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई प्रतिद्वन्द्वीको रुपमा पाएको छ। बर्सिलोनाले यस सिजन च्याम्पियन्स लिगको उपाधि उचाल्ने तीन आधारहरु अन्तर्राष्ट्रिय अनलााइन पत्रिका ‘स्पोटर्स किडा’ को विश्लेषण छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हामी यहाँ बार्सिलोनाले ययसो सिजनमा च्याम्पियन्स लिगको  उपाधि उपाधि उचाल्ने मुख्य तीन आधारहरुको चर्चा गर्नेछौं गरिएको छ।
 
१) लियोनल मेस्सीको जादुमय प्रदर्शन 

Global Ime bank

गोल मेसिनको रुपमा चिनिने बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी विश्व फुटबलमा उत्कृष्ट खेलाडी हुन्। मेस्सी सहभागी भएका सायद कमै खेलमा मात्र गोल गर्न असफल छन्। 
मेस्सीले च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा उत्कृष्ट खेल प्रदर्शन गरे। उनले च्यम्पियन्स लिगको सुरुवाती देखि नै आफ्नो जादुमय खेल प्रदर्शन गर्दै आइरहेका छन्। 

मेस्सी यस सिजन ला लिगामा पनि आफूुले खेलेका २५ खेलमा २६ गोल गर्न सफल छन्। उनले च्याम्पियन्स लिगमा पनि आठ गोल गरिसकेका छन्। मेस्सीले च्याम्पियन्स लिगमा एउटै खेलमा दुई गोल र दुई असिस्ट गर्दै यस सिजन च्याम्पियन्स लिगमा एउटै खेलमा दुई गोल र दुई असिस्ट गर्ने पहिलो खेलाडीको रुपमा रेकर्ड बनाए। 

मेस्सीको यस सिजनको जादुमय प्रदर्शनले बार्सिलोनालाई च्याम्पियन्स लिगमा उपाधि जिताउन महत्वपूर्ण योजगदान दिलाउने छ। 

२) उत्कृष्ट डिफेन्स

बार्सिलोनामा हाल विश्व स्तरिीय डिफेन्डरहरु छन्। विश्व फुटबलमा राज जमाउन सफल सामुएल उमटिटी, जेरार्ड पिके, सर्जियो बुस्केट, जोडी अल्बा जस्ता डिफेन्डरको साथ पाएको बार्सिलोनाले हरेक खेलमा उत्कृष्ट डिफेन्सीप निभाएको हुन्छ। गर्दै आएको छ। 

अझ भनौं बार्सिलोनाका डिफेन्डरले फर्वाडको भूमिका पनि निभाउन पछि पर्दैनन्। बार्सिलोनाका लेफ्ट डिफेन्डर जोडी आल्बाले धेरै खेलहरुमा मेस्सीका लागि पास पनि उपलब्ध गराएका छन्। 

त्यस्तै जेरार्ड पिकेले बार्सिलोनाका लागि धेरै गोल पनि गरिसकेका छन्। विश्व फुटबलमा उत्कृष्ट हेडरको उपमा चिनिने उनले बार्सिलोनाका लागि धेरै हेड गोल पनि गरेका छन्। 
बार्सिलोनाको यस्तै किसिमको डिफेन्सीपलले यस सिजन च्याम्पियन्स लिग जित्न सहयोग प्रदान गर्ने कुरामा दुई मत छैन्। 

१) जितको मानसिकता 

 

बार्सिलोनाले यस सिजन ला लिगामा भएका २७ खेलहरु मध्य जम्मा दुई खेलमा पराजित भएको छ। साथै छ खेलमा बराबरी र १९ खेलमा जित हात पारेको छ। च्याम्पियन्स लिगमा भने बार्सिलोना हाल सम्म अपराजित छ। च्याम्पियन्स लिगमा भएका आठ खेलहरुमा बार्सिलोनाले तीन खेलमा बराबरी र पाँच खेलमा जित हात पारेको छ। 

यता कोपा डेल रेमा भने बार्सिलोनाले फाइनलमा स्थान बनाइ सकेको छ। मैदानमा उत्रँदा समय जितको मानसिकता लिएर छिर्ने बार्सिलोनाले यस सिजनमा कमै खेलमा पाराजय भोग्न परेको छ। यही स्तरको जितको मानसिकता बोकेको बार्सिलोनाका लागि यस सिजन च्याम्पियन्सको उपाधि यात्रा पनि सहज हुने देखिन्छ। 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  १४:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC