site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्या प्रकरण : पक्राउ परेका डिएसपीसहित ६ जनालाई धरौटीमा छाड्‍न आदेश
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्मला हत्या प्रकरणमा पक्राउ परेका छ जना प्रहरीलाई जिल्ला अदालत कञ्‍चनपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ। 

निर्मला हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा २२ फागुनमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टसहित ८ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। 

Prabhu Bank
Agni Group
NIC Asia

मुद्दाको सुनुवाई गर्दै बिहीबार छ जनालाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत कञ्‍चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए। अवस्थीका अनुसार तत्कालिन प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई अभियुक्तलाई यातना दिएको कसुरमा पाँच-पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। 

त्यसैगरी सार्वजनिक न्याय अनर्तगत प्रहरी निरीक्षक जगदिश भट्टलाई चार लाख, सईद्‍वय हरिसिंह धामीलाई तीन लाख ५० हजार र रामसिंह धामीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ भने प्रहरी जवान चाँदनी साउँदलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको छ। 

Global Ime bank

सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। 

सरकारले निर्मला प्रकरणमा तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई सेवाबाटै बर्खास्त गरिसकेको छ भने अन्य ६ जना प्रहरी कर्मचारी निलम्बनमा छन् ।

गत साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ मा घरभन्दा डेढ किलोमटिर दूरीमा रहेको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको, प्रमाण नष्ट गरेको लगायतका विषय सरकारले नै गठन गरेको समितिले प्रतिवेदनमा औंल्याइएको थियो । निर्मलाको बलात्कार तथा हत्यामा संलग्नको खोजी कार्य जारी छ । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को विशेष टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC