site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार–सिके राउत सहमतिको विरोधमा नेविसंघको प्रदर्शन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकार र पृथकतावादी नेता सिके राउतबीच भएको सहमतिको विरोधमा प्रदर्शन गरेको छ । राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र जनताको सार्वभौमसत्तामाथि प्रहार हुने गरी विखण्डनवादीलाई राजनीतिक मान्यता दिँदै वैधता प्रदान गरेको भन्दै नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको हो । 
सरकारले जनअभिमतको नाममा नेपालको राष्ट्रिय अखण्डतामा धावा वोल्ने षड्यन्त्र गरेको विरोधमा प्रदर्शन गरिएको नेविसंघका निवर्तमान महामन्त्री सरोजकुमार थापाले जानकारी दिए । ‘हिमाल, पहाड, तराई, कोही छैन पराई’ लेखिएको ब्यानरसहित त्रि–चन्द्र क्याम्पसबाट सुरु भएको नेविसंघको प्रदर्शन प्रदर्शनी मार्ग, पुतली सडक, कमलादी, घण्टाघर हुँदै दरबारमार्ग पुगेर कोण सभामा परिणत भएको थियो । 
कोणसभालाई निवर्तमान महामन्त्री थापा, निवर्तमान सह–महामन्त्री प्रेम जोशी, विद्यार्थी नेता दुजाङ शेर्पा, सुन्दर बडालले सम्बोधन गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC