site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्मला पन्तका बलात्कारी बालुवाटारकै संरक्षणमा : कोइराला 
Sarbottam CementSarbottam Cement

स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईरालाले सरकार सर्वसत्तावाद उन्मुख बनेको आरोप लगाएका छन् । सरकारले एक वर्षमा विकासका काम गर्नुको सट्टा सर्वसत्तावाद बन्ने काम मात्र गरेको उनको आरोप थियो । “सरकार सर्वसत्तावाद बन्नका लागि न्यायालय, प्रेस स्वतन्त्रता कुण्ठित, आर्थिक नियन्त्रण, कर्मचारीलाई अस्तव्यस्त बनाउने र सुरक्षा निकायमा अन्तरविरोध ल्याउने मात्र काम गरेको छ,” नेपाल शिक्षक संघ स्याङ्जाको २० औं प्रतिनिधि सभालाई सम्बोधन गर्दै कोइरालाले भने, “लोकतन्त्रवादीलाई सर्वसत्तावादस्वीकार्य हुँदैन ।”

“प्रदेश सरकारलाई निकम्मा बनाउन संघीय सरकारले अधिकार जति आफैँ नियन्त्रण गरेको छ,” कोइरालाले भने, “यसले संघीयता बलियो बन्दैन र संघीयता प्रति आमनागरिकमा नैराश्यता सृजना हुन्छ ।”  सरकार बनेको एक वर्षमा कामको सट्टा भ्रष्टाचार, हत्या हिंसा, बलात्कार, महंगी र कान्डैकान्ड बनेको कोइरालाको जिकिर थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

“वाइड बडी खरिदका मतियार, निर्मला पन्तका बलात्कारी र हत्यारा बालुवाटारमा सुरक्षित छन्,” उनले भने, “बालुवाटारमा सुरक्षित नभए सरकार उनीहरुको संरक्षण किन ? लाग्छ ।”

सिके राउतसँग सरकारले गरेको ११ बु“दे सहमति प्रति गम्भिर असहमति व्यक्त गर्दै कोईरालाले विप्लप नेतृत्वको कम्युनिष्ट पार्टीलाई वार्ताको टेबलमा राख्न नसक्ने सरकारले सिके राउतसँग सहमति गरेर राज्य विखण्डन गर्ने शक्तिलाई औपचारिक रुपमा स्वीकार गरेको बताए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC