site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अधिकांश पुराना निर्माताले किन छोडे चलचित्र उद्योग ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली चलचित्र उद्योगमा वार्षिक २० प्रतिशतभन्दा कम निर्माताले मात्रै सिनेमा निर्माणलाई निरन्तरता दिने गरेका छन् । करिब ८० प्रतिशत निर्माताले एउटा चलचित्र निर्माण गरे पुनः अर्को चलचित्र निर्माणका लागि लगानी गर्दैनन्। निर्माता पलायन हुने पुरानै निरन्तरता हो ।

थुप्रै निर्माता जीवनको उर्जाशील उमेरमा चलचित्र बनाएर पछि अन्य पेशा वा व्यवसायमा लागेका अथवा निष्क्रिय बसेका छन् । मनिषा कोइरालालाई चलचित्र बजारमा भित्र्याउने फुर्वा छिरिङ अहिले चलचित्र निर्माणमा छैनन् । उनले ‘फेरि भेटौंला’ निर्माण गरेर मनिषा कोइरालाई चलचित्र क्षेत्रमा भित्र्याएका थिए। अनिषाले कलिउड हुँदै बलिउडसम्मको यात्रा तय गरे पनि निर्माता फुर्वाले भने बीचैमा चलचित्र क्षेत्र छोडे ।
 
चिरञ्जिवी बस्नेतले ‘सोल्टिनी’, ‘गुन्यू चोली’, ‘कृष्ण अर्जुन’, ‘चमत्कार’ लगायत दर्जनौं चलचित्र निर्माण गरे तर उनका लागि पछिल्ला वर्ष चलचित्र सूदुर क्षेत्र भइसकेको छ ।
 
राजनीतिज्ञ कुवेर शर्मा पनि कुनै समय चलचित्रमा लगानी गर्थे तर पछि उनले राजनीतिलाई नै पूरै समय दिन थाले । चलचित्र क्षेत्रबाटै अलग भए । उनी निर्माताका रुपमा आफैँ देखिँदैन थिए तर समकालिन चर्चित निर्मातामार्फत चलचित्रमा लगानी गर्थे ।
 
डा भोला रिजाल पनि चिकित्सा पेशासँगै चलचित्र निर्माणमा एक समय सक्रिय थिए । उनले ‘साथी’लगायत केही चलचित्रहरु निर्माण गरे । अहिले उनी पनि चलचित्र निर्माणबाट टाढिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विनोद शेरचनले ‘तृष्णा’, जगत श्रेष्ठले ‘कसम’ मा लगानी गरे तर उनीहरुले पनि चलचित्रलाई माया मारे । वसन्त श्रेष्ठ र वसुन्धरा भुषालले पनि चलचित्रमा अरु निर्मातामार्फत चलचित्रमा लगानी गरे तर लगानी फिर्ता नभएपछि उनीहरुले पनि चलचित्रमा लगानी गर्न छोडे ।
 
मञ्जु राणाले ‘जुनी’ निर्माण गरे पनि उनलाई पनि चलचित्र फापेन अन्ततः उनले पनि चलचित्र क्षेत्रलाई विदाइ गरिन् । चलचित्र क्षेत्रमै लागेर आफूलाई आम जनतामाझ चिनाएका शम्भू प्रधानले पनि अहिले विश्राम लिएका छन् ।
 
नरेश पौडेल, श्याम खेतान, विनोद मानन्धर, तिर्थ प्रधान, प्रसाद श्रेष्ठका लागि पनि चलचित्र क्षेत्र सुखद बन्न सकेन । उनीहरु पनि चलचित्र क्षेत्रबाट अलग भए । 
 
भगवान श्रेष्ठले ‘कान्छी’, ‘सन्तान’, ‘नाता रगतको’ लगायतका सफल चलचित्र निर्माण गरे । तर उनलाई पनि नेपाली चलचित्र क्षेत्रले टिकाइरहन सकेन । अन्ततः श्रेष्ठ पनि चलचित्र क्षेत्रबाटै टाढिए । श्रेष्ठको निधनपछि उनको चलचित्र निर्माण कम्पनीलाई उनका छोराहरुले निरन्तरता दिन सकेनन् । भगवानको ‘कान्छी’, ‘सन्तान’ले नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता अभिनेत्री जन्माएको छ । ‘कान्छी’बाट शर्मिला मल्ल तथा ‘सन्तान’बाट गौरी मल्ल र करिष्मा केसी मानन्धरले डेब्यु गरेका हुन् । 

भेट्रान निर्माता छबी ओझाले पनि पछिल्ला वर्ष चलचित्र निर्माणको संख्या घटाएका छन् । उनी चलचित्र वितरण र हल सञ्चालनतर्फ केन्द्रित छन् । युवराज लामाले पनि चलचित्र बनाउन छाडिसकेका छन् । राजकुमार राईले पनि चलचित्र निर्माण नगरेको धेरै समय बितिसकेको छ । उनी निकिता पौडेलभन्दा अगाडि चलचित्र विकास वोर्डको अध्यक्ष थिए । चलचित्र निर्माण नगरेको लामै समय विते पनि राई चलचित्र निर्माण गर्ने बताउँदै आएका छन् । 

Global Ime bank

निर्देशक तथा कलाकार मोहन निरौला लगानी फिर्ता नआएपछि पुराना निर्माताहरु पुनः लगानी गर्न डराएको बताउँछन् । “निर्माताहरु चलचित्र क्षेत्रबाट पलायन हुनुको कारण लगानी रिटर्न्स  नभएरै हो,” मोहन बाह्रखरीसँग भन्छन्, “जुन उत्साहका साथ लगानी गर्छन् त्यसको प्रतिफल नपाएपछि फेरि लगानी गर्न फर्किँदैनन् ।”

चलचित्र निर्माता, लेखक तथा निर्देशक विकास आचार्य लगानी धेरै तर प्रतिफल कम भएकै कारण निर्माताहरु नदोहोरिने गरेको बताउँछन् । “दर्शक हलमा आउन छोडे । घाटा हुन थाल्यो,” विकास भन्छन्, “ठूलो लगानीमा जोखिम बढ्दैछ तर पारिश्रमिक बढी लिने कारण पनि निर्माताहरुले रिक्स उठाउन चाहनु भएन ।” 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५  १८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC