site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आरसीटीलाई बी डिभिजन लिगको उपाधी 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । लोकेन्द्र बहादुर कार्कीको निर्णायक गोलमा श्री भगवती क्लबलाई पराजित गर्दै रानी पोखरी कर्नर टिम ‘आरसीटी’ले सहिद स्मारक बी डिभिजन लिगको उपाधी जितेको छ। 

मंगलबार सम्पन्न फाइनलमा आरसीटीलाई उपाधी जिताउन २३ औं मिनेटमा लोकेन्द्रले गरेको गोल निर्णायक बन्यो। सातदोबाटोस्थित एन्फा मुख्यालयमा उनम कार्कीको क्रममा लोकेन्द्रले हेडमार्फत गोल गरेका थिए। बाँकी समय श्री भगवतीले पुनरागमनको प्रयास गरेपनि सफल हुन नसक्दा आरसीटीले लोकेन्द्र निर्णायक गोलमा उपाधी जितेको हो।
 
समुह ए  र बी को उपविजेता बन्दै दुवै टोली दोस्रो चरण पुगेका थिए। आरसीटी ९ अंकसहित च्याम्पियन बन्दा श्री भगवती ६ अंकसहित दोस्रो भयो। मंगलबार भएको अर्को खेलमा सातोबाटो युथ क्लबलाई २-१ ले पराजित गर्दै तुसाल युथ क्लब तेस्रो भएको छ। दुवै टोली समुह ए र बी को विजेता बन्दै दोस्रो चरण पुगेका थिए।
 
उपाधी विजेता आरसीटीले ८ लाख रुपैयाँ पुरस्कार पाएको छ। उपविजेता श्री भगवतीले पाँच लाख रुपैयाँ पुरस्कार पायो। तेस्रो भएको तुसाल युथ क्लबले ३ लाख पुरस्कार पाउँदा चौंथो सातदोबाटो युथ क्लबले २ लाख पुरस्कार पाएको हो।
 
रेलिगेसन र बढुवाको प्रावधान हटाएर संचालन गरिएको लिगमा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको थियो। सातोबाटोका विरेन्द्र लिम्बु उत्कृष्ट फर्वाड हुँदा श्री भगवतीका दर्शन गुरुङ उत्कृष्ट मिडफिल्ड, आरसीटीका लोकेन्द्र कार्की उत्कृष्ट डिफेन्डर, तुसालका बिनोद सोडारी उत्कृष्ट गोलकिपर र आरसीटीका बैजु कपाली उत्कृष्ट प्रशिक्षक घोषित भए। फेयर प्लेको अवार्ड पाएको श्री कुमारी क्लबले २५ हजार रुपैयाँ पुरस्कार पायो।
 
रेलिगेसनको प्रावधान हटाएर ए डिभिजन लिग संचालन गरेको एन्फाले बी डिभिजन लिग पनि रेलिगेसन र बढुवाको प्रावधान हटाएर संचालन गरेको हो।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५  १९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC