site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
अकल्पनीय दुर्घटना
Sarbottam CementSarbottam Cement

ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव घटनास्थलबाट सुकेटार विमानस्थलमा ल्याइँदै नेपाली सेनाको हेलिकप्टर । तस्बिरः नारायण ढुंगाना, रासस


ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाले सम्पूर्ण मुलुक शोकमग्न भएको छ । दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत ७ जनाको निधन भएको छ । दिउँसो करिब साँडे एक बजे एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो । मन्त्री अधिकारी तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि प्राविधिकसहित गएका थिए । त्यहाँको कार्यक्रम सकेर फर्कने क्रममा ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्न मन्त्री अधिकारीको टोली हेलिकप्टर लिएर पुग्यो । त्यहाँबाट काठमाडौं आउन लाग्दा हेलिकप्टर दुर्घटना भएको थियो । हेलिकप्टर दुर्घटनाग्रस्त भएको स्थान निकै विकट भएकाले मृतकहरूको शव खोज्नसमेत निकै कठिन भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

विसं २०६३ को असोज ७ गत ताप्लेजुङकै गुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा तत्कालीन वन मन्त्री गोपाल राईको पनि मृत्यु भएको थियो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी चडेको हेलिकप्टर पनि २०५१ सालमा दुर्घटनामा परेको थियो । यद्यपि, त्यस दुर्घटनामा चालकको कुशलताले कसैको पनि ज्यान गएन । दुर्घटनाको मूल कारण प्रतिकूल मौसम नै हुनसक्छ । सरकारले दुर्घटनाको छानबिनका लागि आयोग गठन गरिसकेको छ । त्यस आयोगले दुर्घटनाको यथार्थ कारण पहिल्याउने नै छ । समान प्रकृतिका दुर्घटना दोहोरिनु भने हाम्रो हवाइ उडान सुरक्षामा पो कमीकमजोरी रहेको वा उडान सुरक्षालाई महत्त्व नदिइएको दृष्टान्त हो । यसैले आयोगले दुर्घटनाका कारण खोज्नुका साथै आयन्दा यस्ता प्रकृतिका दुर्घटना दोहोरिन नदिने उपायहरू पनि पहिचान गर्न सक्नुपर्छ । 

हुनत, सामान्य जनताको सुरक्षामा पनि राज्यले उत्तिकै ध्यान दिनुपर्छ तर विशिष्ट व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिने गरिन्छ । कतिपय अवस्थामा विशिष्ट व्यक्तिलाई सुरक्षाकै कारण चाहेका ठाउँमा जानबाट सुरक्षाकर्मीले रोक्ने गरेका छन् । तर, कतिपय विशिष्ट व्यक्ति स्वयं नै सुरक्षा व्यवस्थालाई उति महत्त्व नदिने प्रकृतिका हुन्छन् । मौसम प्रतिकूल भएकाले काठमाडौं आउन नसक्ने जानकारी दुर्घटना हुनुभन्दा पहिले हेलिकप्टर चालकले त्रिभुवन विमानस्थलको एअर ट्राफिकलाई दिएको समाचार सार्वजनिक भएको छ । आयोगले यस विषयमा पनि पक्कै छानबिन गर्ने नै छ । आयन्दा यस्ता अकल्पनीय दुर्घटना रोक्न ध्यान दिनुपर्छ । 
मन्त्री अधिकारीलगायत उनको टोलीका सबै दिवंगत व्यक्तिहरूलाई हार्दिक श्रद्धाञ्जली ! 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १६, २०७५  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC