site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महेन्द्रनगर युनाइटेड डिपिएलको क्वालिफायर्समा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

धनगढी । रुपन्देही च्यालेन्जर्समाथि १ रनको रोमान्चक जित निकाल्दै महेन्द्रनगर युनाइटेड धनगढी प्रिमिएर लिग क्रिकेटको क्वालिफायर्समा पुगेको छ । महेन्द्रनगरले अब फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर्समा पराजित काठमाडौं गोल्डेन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
फाप्ला क्रिकेट मैदानमा १ सय १६ रनको लक्ष्य पछ्याएको रुपन्देही निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १ सय १४ रनमा समेटिएपछि महेन्द्रनगर क्वालिफायर्समा स्थान बनाउन सफल भयो । जित नजिक पुगेको रुपन्देही प्रदिप ऐरी २८ रनमा आउट भएपछि दबाबमा परेको थियो । त्यसपछि आएका बिक्रम सोब क्याचआउट भए । अन्तिम बलमा ३ रन आवश्यक रहेको रुपन्देहीले १ रन मात्र जोड्न सक्यो ।
रुपन्देहीका लागि ओपनर बाबर हायतले २८ रन बनाएका थिए । अभिनास बोहराको बलमा बोल्ड हुनअघि बाबरले २९ बलमा २ चौका र १ छक्का प्रहार गरे । प्रदिप ऐरीले पनि २८ रन बनाए । २० बल सामना गरेका उनले ४ चौका प्रहार गरे । विनोद भण्डारीले २३ रन जोडे । उनले १ चौका र १ छक्का प्रहार गरेका थिए । सन्दीप सुनारले १४ रन बनाए ।  सुमित महर्जन १० रनमा क्याच भए । पुनित मेहराले ६ तथा भिम सार्कीले खाता खोल्न सकेनन् ।
यसअघि पहिला ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । महेन्द्रनगरका लागि कप्तान शरद भेषावाकरले २९ रन बनाएका थिए । महेन्द्रनगरको इनिङसलाई उकासेका शरदले ३८ बलमा २ चौका प्रहार गरे । अमरसिह रौटेलाले १९ रन जोड्दा विदेशी खेलाडी आन्नदले २० तथा मोहम्मद नाभिदले १८ रन बनाए ।
आरीफ शेखले १२ तथा अभिनास बोहराले ११ रन जोडे  । रोहित पौडेल २ रनमा पेभेलियन फर्किँदा दिलिप नाथ र सिदान्त लोहनी र साहब आलमले खाता नै खोल्न सकेनन् ।
रुपन्देही च्यालेन्जर्सका ललितसिह भण्डारीले ४ विकेट लिए । पुनित मेहराले ३ तथा वसन्त रेग्मीले २ विकेट लिए । विराटनगर पराजित भएपछि लिगको चौथो स्थानमा रहँदै महेन्द्रनगर एलिमिनेटरमा पुगेको हो । रुपन्देही तेस्रो स्थानमा रहेको टोली हो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC