site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भेनेजुएलाका अधिकारीसँग भेटवार्ता भएको अमेरिकीद्वारा पुष्टि
Sarbottam CementSarbottam Cement

वासिङ्टन । अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकको सुरक्षाका विषयमा भेनेजुएलाका वरिष्ट अधिकारीसँग भेटवार्ता भएको जनाएको छ । भेनेजुएलाका लागि अमेरिकी विशेष प्रतिनिधि एलिअट अब्राम्सले भेनेजुएलाका अधिकारीसँग भेटघाट गरेका हुन् । 

विदेश मन्त्रालयका उपप्रवक्ता रोबर्ट पालाडिनोले नियमित पत्रकार सम्मेलनमा भेनेजुएलामा रहेका अमेरिकी नागरिकको सुरक्षाका बारेमा भेटवार्ता केन्द्रित भएको बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले पनि आफ्ना विदेशमन्त्री जोर्ज आरेजाले अब्राम्ससँग न्यूयोर्कमा गोप्य भेटघाट गरेको बताएका थिए । न्यूयोर्क वार्तामा विदेशमन्त्री आरेजाले अमेरिकी प्रतिनिधि अब्राम्सलाई “निजी, सार्वजनिक वा गोप्य”मध्ये कुनै पनि स्वरुपमा भेनेजुएला भ्रमणका लागि निम्तो दिएको पनि राष्ट्रपति मदुरोले जानकारी दिए ।  

आरेजाले संयुक्तराज्य अमेरिका र भेनेजुएलाबीचको सम्बन्धका बारेमा विस्तृत विचार विमर्श गरेका थिए ।  

Global Ime bank

“हामीले दुईवटा बैठक गरेका छौं तर म वार्तामा भएका कुराहरु विस्तृत रुपमा बताउन चाहन्नँ किनभने म वार्ताको गोनीयता कायम राख्न प्रतिबद्ध छु” विदशेमन्त्री आरेजाले भने ।  

गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकास्थित फ्लोरिडा अन्तर्राष्ट्रिय विश्वविद्यालयमा सम्बोधन गर्दै अमेरिकाले भेनेजुएलामा शान्तिपूर्ण रुपान्तरण चाहेको बताए । उनले भेनेजुएलाका राष्ट्रपति मदुरोमाथि दबाब सिर्जना गर्न शक्तिको प्रयोग गर्न पनि अमेरिका पछि नपर्ने चेतावनी दिए ।  

तर अमेरिकी संसद कङ्ग्रेसको एक समितिमा अमेरिकी विशेष प्रतिनिधि अब्राम्सले भेनेजुएलामा अमेरिकाले सैनिक परिचालन नगर्ने स्पष्ट गरे । अमेरिकी सैनिक कार्गो विमानहरुले भने भेनेजुएलाका निम्ति आपतकालीन मानवीय सहयोग सामग्री भेनेजुएलाका सीमामा पुर्याइरहेको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC