site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अध्यक्षद्वयलाई थाहा छैन भने सिक्नुपर्‍यो, जनयुद्ध दिवस मान्य छैन : माधवकुमार नेपाल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले जनयुद्ध दिवस मनाउने बारेमा पार्टीमा कुनै छलफल नभएको बताएका छन् । जनकपुरमा भएको कार्यक्रममा आफ्ना धारणा राख्दै उनले जनयुद्ध दिवस मान्य नभएको बताएका हुन् ।

समारोह गर्ने भए पार्टी प्रणाली सिक्न पनि उनले सुझाव दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

“निजी निर्णयप्रति मेरो गम्भीर आपत्ति छ । पहिलो कुरो कुनै पनि यस्तो पार्टीले कार्यक्रम तय गर्दा कमिटीको बैठकबाट निर्णय गर्नुपर्छ । यो विषयमा मलाई थाहा छैन । निजी निर्णयप्रति मेरो आपत्ति छ । एक अध्यक्ष वा दुई अध्यक्ष जो भए पनि यो तरिका गलत हो । पार्टी प्रणाली सिक्नुपर्‍यो । अध्यक्षले नजानेको भए हामीसँग अनुभव छ लिनुपर्‍यो ।”

उनले पार्टीले गर्ने कार्यक्रमको विधिका बारेमा पहिले नै छलफल हुनुपर्ने बताए । उता जनयुद्ध दिवसको दिन पार्टीले गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित भएनन् । पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा अध्यक्ष ओली अनुपस्थित थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC