site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दिदीबहिनी कप भलिबलको उपाधि एपिएफलाई, सरस्वती सर्वोत्कृष्ट खेलाडी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागिय क्लब एपिएफले जितेको छ । होङगान्जी न्यु डायमण्ड एकेडेमीमाथि ३–१ को सेटमा जित निकाल्दै एपिएफले लगातार दोस्रो पटक उपाधि कब्जा गरेको हो । दिदिबहिनी भलिबलको उपाधिसँगै एपिएफको यो नवौं उपाधि हो । पर्वतको कुस्मामा आज भएको फाइनलमा एपिएफ न्यु डायमण्डमाथि २५–१८,२६–२४,२१–२५ र २५–२१ को सेटमा विजय भयो । 
विजेताले २ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता न्यू डायमण्डले १ लाख र तेस्रो भएको नेपाल पुलिसले ५० हजार रुपैयाँ पुरस्कार पाएको छ । प्रतियोगितामा व्यक्तिगत विधातर्फ डायमण्डका खेलाडीको वर्चश्व रहँदा सर्वोकृष्ट खेलाडी घोषित एपिएफकी सरस्वती चौधरीले १० हजार पुरस्कार पाइन् । 
न्यु डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाईकर, अनिसा सुनुवार उत्कृष्ट सेटर, सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्स, कप्तान ललिता नाथ उत्कृष्ट ब्लकर र झरना श्रेष्ठ उत्कृष्ट सर्भर घोषित भइन् । उत्कृष्ट प्रशिक्षक एपीएफका ज्ञानेन्द्र विष्ट भए । विधागततर्फ उत्कृष्ट सबैले जनहि ५ हजार पुरस्कार पाए । रेडियो दिदीबहिनीको नवौं वार्षिकोत्सवका अवसरमा भलिबल प्रतियोगिता आयोजना गरीएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC