site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरीले न्यायका लागि उठाउने कदममा सरकारको साथ छः गृहमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले न्याय प्राप्तिका लागि उठाउने हरेक कदममा सरकार प्रहरीकै साथमा रहेको बताएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा आयोजित १७८ औं समूह प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री थापाले यस्तो बताएका हुन् । 

गृहमन्त्री थापाले भने, ‘‘अपराध अनुसन्धानमा नेपाल प्रहरी गतिशिल, निष्पक्ष र सक्षम छ । त्यसैले न्याय प्राप्तिका लागि प्रहरीले उठाउने हरेक कदममा सरकारको साथ छ ।’’ गृहमन्त्री थापाले प्रहरी संगठनका कर्मचारीले कानुनको सर्वोच्चतामा क्रियाशिल हुनुपर्ने उल्लेख गर्दै वातावरणीय अनुकूलता प्रदान गर्न सुरक्षा कवचको रुपमा सरकार तयार रहेको बताए । उनले प्रहरी अधिकृतहरुलाई व्यतिगत जीवनमा समेत सचेत भई अगाडि बढ्न निर्देशन दिए । अविचलित निष्ठाका साथ मुलुकले अख्तियार गरेको समुन्नतितर्फको यात्रालाई सुनिश्चित राख्न शान्ति सुरक्षा कायम राख्ने गम्भीर जिम्मेवारी उच्च व्यावसायिकताका साथ पूरा गर्न गृहमन्त्री थापाले निर्देशन दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी निरीक्षकको रूपमा प्रवेश गर्ने प्रहरी अधिकृत नै भविष्यमा संगठनको नेतृत्व सम्हाल्दै मुलुक र नागरिकका लागि उपयुक्त प्रहरी सेवाको प्रबन्ध गर्न जिम्मेवार हुने बताए । खनालले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण राख्दै संविधान प्रदत्त मौलिक हक र मानव अधिकारको संरक्षण एवं सम्वर्धन गर्दै समृद्ध, समुन्नत एवं सुरक्षित नेपाल निर्माणमा प्रहरीको सक्रिय योगदान भएको बताए । 

गत असार ११ गतेबाट सुरु भएको उक्त तालिममा १२ महिलासहित कुल ९५ जना प्रहरी निरीक्षकहरु सहभागी भएका थिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC