देश
पोखरा । पोखरा लेकसाइडमा १४ वर्षे किशोर सचिन सिञ्जालीको हत्या भएको छ । प्रहरी कार्यालय बैदामले हत्या भएको पुष्टि गरेको छ । बैदाम प्रहरी प्रमुख नवीन कार्कीका अनुसार हत्या भएका किशोर पाल्पा घर भई पोखरामा बस्दै आएका थिए ।
उनको शव बिहान ३ बजे लेकसाईडस्थित हल्लनचोकबाट पामे जाने बाटोमा भेटिएको थियो । शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ ।
घटनाका बारेमा थप विवरण आउन बाँकी छ । घटनामा अनुसन्धान भैरहेको डिएसपी कार्कीले बताए ।
प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५ ११:२९
प्रतिक्रिया दिनुहोस्