site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
जोकोभिचले जिते कीर्तिमानी सातौं अस्ट्रेलियन ओपन उपाधि 
Siddhartha BankSiddhartha Bank

एजेन्सी । नोभाक जोकोभिचले आइतबार मेलबर्नमा राफेल नाडाललाई हराउँदै कीर्तिमानी सातौं पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । जोकोभिचको यो लगातार तेस्रो ग्रान्डस्लाम उपाधि हो । 

शीर्ष वरियाता प्राप्त सर्वियाका जोकोभिचले नाडाललाई ३–० को सोझो सेटमा पराजित गरेको हुन् । जोकोभिचले ६–३, ६–२, ६–३ को सेटमा नतिजा निकाल्दै कीर्तिमानी सातौं पटक उपाधि जितेका हुन् ।  

Agni Group
NIC Asia

“म मेरो परिवारलाई सम्झन चाहन्छु । मेरो श्रीमती, छोरा र छोरीले अहिले मलाई हेरिरहेका होलान् । यो उपाधि मेरा लागि अझ विशेष छ । मेरो सबैभन्दा नजिक रहने परिवारसँग यो उपाधि बाड्न चाहन्छु । उनीहरुको अपार माया र सहयोगका लागि आभारी छु,” उपाधि जितेपछि जोकोभिचले भने, “पछिल्लो १२ महिना मेरा लागि सहज थिएन । ठीक १२ महिना अघि मैले शल्यक्रिया गरेको थिएँ । यो बीचमा मैले चारमध्ये तीन ग्रान्डस्लामको उपाधि जित्न सफल भए । यो आफैमा अदभुत छ । यतिबेला मसँग व्यक्त गर्ने शब्द छैन ।”

नाडाललाई हराउन २ घन्टा ४ मिनेट समय लगाएका जोकोभचिले रोए इमर्सन र रोजर फेडेररर्ला पछि पार्दे अस्ट्रेलियन ओपनमा सातौं उपाधि जितेका हुन् । फेडेरर र इमर्सनले समान ६ पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । 

Global Ime bank

“मलाई विश्वास छ मैले राम्रो टेनिस खेले । यो म अफैका लागि प्रेरणादायी हुनेछ । मलाई सहयोग गर्ने सबैलाई धन्यवाद,” स्पेनका नाडालले भने, “म अझै कडा मिहिनेत गर्छु । र अझै राम्रो खेलाडी बन्न संघर्ष गर्नेछु । अहिले म यतिमात्र भन्न सक्छु । लामो समय देखी म हरेक क्षण संघर्ष गर्दै आइरहेको छु । घाइते भएको अवस्थामा मेरा लागि त्यो अझै कठिन बनिदिन्छ । पछिल्लो दुई वर्ष मेरा लागि धेरै कठिन रह्यो । आजको रात मेरो हुन सकेन । तर चोटमुक्त भएर फर्किएको मेरा लागि यो विशेष रह्यो ।”

अस्ट्रेलियन ओपनमा महिलातर्फको उपाधि जितेकी नाओमी ओसाकाले जितेकी थिइन् । जापानकी ओसाकाले चेक गणतन्त्रकी पेत्रा केभितोभालाई ७–६(७÷२), ५–७, ६–४ को सेटमा हराएकी हुन् । जितसँगै ओसाका वरियाताको शीर्ष स्थानमा उक्लिएकी छिन् । यसअघि उनी चौथो वरियातामा थिइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १३, २०७५  १७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu