site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
सहसचिवको घरमा चोरी गर्ने समूहमा एमाले जिल्ला कमिटीका पूर्वसदस्य !
SkywellSkywell

काठमाडौं । गत जेठ २ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एकजना सहसचिवको घरमा चोरी भयो । ललितपुर भैँसेपाटी बस्दै आएका सहसचिवले घरबाट सुनका गरगहना तथा नगद गरी २८ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको उजुरी प्रहरी दिएका थिए ।

चोरीको उजुरीपछि ललितपुर प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी तीब्र पार्‍यो । उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको टोलीले चोरीमा संलग्न रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भई स्वयम्भू बस्ने सुजनकुमार सुनुवारलाई रामेछापबाट पक्राउ गरेको थियो ।

KFC Island Ad
NIC Asia

चोरीमा संलग्न सुनुवारसहित थप चार र सहसचिवको घरबाट चोरी भएको सुन खरिद गर्ने सुन व्यवसायीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो । चोरीमा संलग्न सुनुवारसहित नुवाकोटका ४० वर्षीय कुमार राना मगर, दोलखा शैलुङ गाउँपालिका–८ का ४१ वर्षीय वीरबहादुर श्रेष्ठ र सुनील श्रेष्ठलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

सुन खरिद गर्ने भोजपुरको पौवादुम्बा गाउँपालिका–४ का ३० वर्षीय सीताराम लकान्द्रे भने ५० हजार धरौटीमा रिहा भएको ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । चोरीमा संलग्न एकजना भने त्यो बेला फरार थिए । फरार हुनेमा रामेछाप दोरम्बा गाउँपालिका–१ का आङछिरिङ लामा थिए ।

प्रहरीको अनुसन्धानका क्रममा लामाले चोरी भएको सुनको व्यवस्थापन गरेका हुन् । प्रहरीले उनलाई पक्राउ गर्न नसकेपछि फरार प्रतिवादी बनाएर पठाइएको थियो । तर, उनी अझै पक्राउ परेका छैन ।

जिल्ला अदालतका सूचना अधिकारी रामसजिभन महतोका अनुसार चोरीकै एकजना फरार प्रतिवादी हाजिर भए पनि आङछिरिङ भने अझै अदालतमा हाजिर भएका छैनन् ।

नेकपा एमाले रामेछापका जिल्ला सचिव प्रकाशकुमार कार्कीले भने लामालाई कारबाही गरिएको बताए । उनले भने, “लामा हाम्रो जिल्लाको पूर्वजिल्ला कमिटी सदस्य हुन् । उनलाई कारबाही गरेका छौँ र कुनै जिम्मेवारीमा हुनुहुन्न ।”

लामा चोरीमा संलग्न दोलखाका वीरबहादुर श्रेष्ठ निकट सम्बन्ध देखिएको थियो । चोरी सुन समेत श्रेष्ठमार्फत नै लामाले व्यवस्थापन गरेको अनुसन्धानमा खटिएका प्रहरीले जनाएको छ । वीरबहादुर १२ पटक चोरी, तीन पटक डाँका चोरी तथा लागुऔषध मुद्दामा र अभद्र मुद्दामा २० भन्दा बढी पटक प्रहरीले पक्राउ गरेर मुद्दा चलाएका व्यक्ति हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro