site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हुवावेले लन्च गर्यो विश्वकै पहिलो फाइभ–जी चिप
Sarbottam CementSarbottam Cement

एजेन्सी । चिनियाँ कम्पनी हुवावेले बिहिबार विश्वकै पहिलो फाइभ–जी मा आधारित बेस स्टेसन चिपसेट सार्वजानिक गरेको छ । ‘टिआङआङ’ नाम दिइएको उक्त चिपसेटले कम्प्युटरको काम गर्ने क्षमतालाई २५० प्रतिशतले बढाइदिने चिनियाँ राष्ट्रिय संचार सिजिटिएनले जनाएको छ । साथै यसले २०० मेगा हर्टजको  ब्यान्डविथ पनि सपोर्ट गर्ने हुँदा भविष्यमा द्रुत गतिको इन्टरनेट ( हाइ स्पीड इन्टरनेट) को माग पनि पूरा गर्न सक्ने बताइएको छ ।  

कम्पनीले हालसम्म फाइभ–जीका लागि तीस कन्ट्राक्टहरु प्राप्त गरिसकेको र २५ हजार भन्दा बढी बेस स्टेसनहरु विश्वव्यापी रुपमा विक्री गरिसकेको हुवावोका प्रमुख कार्यकारी अधिकृत रायन डिङले बताएका हुन् । त्यसैगरी हुवावेले नै लन्च गरेको पहिलो फाइभ–जी मोडेम ‘बलोङ ५०००’ लाई पनि विश्वकै शक्तिशाली बताइएको छ जसले ‘एनएसए’ र ‘एसए’ दुवै फाइभ–जी नेटवर्क आर्किटेक्चरलाई सपोर्ट गर्ने बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

टिआङआङ भने अहिलेका चिपसेटहरु भन्दा ५० प्रतिशत सानो, २३ प्रतिशत हलुको र २१ प्रतिशतले कम बिजुली खपत गर्ने बताइएको छ । साथै यसलाई इन्स्टल गर्न पनि अन्य भर्जनहरुको तुलनामा आधा समय मात्र लाग्ने दाबी गरिएको छ । कम्पनीले यसअघि निर्माण गरेका चिपसेट आफ्ना महङ्गा फोन र उत्पादनहरुमा प्रयोग गर्दै आएको छ तरपनि इन्टेल र क्यालकम जसरी पूर्ण रुपमा सेमिकन्डक्टरको व्यापार गर्न नचाहेको बताएको छ । 

विश्वव्यापी रुपमा विभिन्न ढङ्गले आलोचित हुनु परेपनि हुवावेले २०१८ मा ५२ अर्ब डलर बराबर व्यापार गरेको छ र आफ्ना प्रिमियम स्मार्टफोनहरुको मागमा पनि लगातार वृद्धि भइरहेको जनाएको छ । यसरी व्यापारका हिसबाले हुवावेमा ५० प्रतिशत वृद्धि देखिएको छ । तर टेलिकम्युनिकेसन उपकरणको सबैभन्दा ठूलो उत्पादक मानिएपनि हुवावेले अमेरिकाको आरोपका कारण फाइभ–जी विकासमा भने थुप्रै चुनौतिको सामना गर्नु परिरहेको छ ।

Global Ime bank

अमेरिकालाई समर्थन गर्दै अष्ट्रेलिया, न्युजिल्यान्ड लगायत थुप्रै देशहरुले हुवावेका फाइभ–जी उपकरणमाथि प्रतिबन्ध लगाइसकेका छन् । तर कम्पनीका प्रमुख डिङले भने हुवावेसँग प्राविधिक उद्योगकको अग्रणी क्षमता रहेको दाबी गरेका छन् र यता फाइभ–जी नेटर्वक प्रणालीको सञ्चालनमा पनि यसले ठूलो उपलब्धी हासिल गरेको बताएका हुन् ।   

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०७५  ०६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC