site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लिग विजेता मनाङलाई फिफा अध्यक्ष इन्फाटिनोको बधाइ    
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मनाङ मर्स्याङदी क्लबलाई फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फाटिनोले बधाइ दिएका छन् । फिफा अध्यक्ष जियानी इन्फाटिनोले अखिल नेपाल फुटबल संघमार्फत् मनाङ मर्स्याङदी क्लबलाई बधाइ दिएका हुन् । 
“कीर्तिमानी आठौं पटक उपाधि जितेको मनाङलाई बधाइ दिन पाउन पाउँदा मलाई धेरै खुशी लागेको छ,” एन्फालाई पठाएको बधाइ पत्रमा इन्फान्टिनोले लेखेका छन्, “क्लबमा संलग्न सबैको लगनशिलताका कारण उपाधि सम्भव भएको हो । यो उपलब्धिका लागि खेलाडी, प्रशिक्षक, टिमका अधिकारी, प्राविधिक समिति, मेडिकल स्टाफ र समर्थकलाई बधाइ दिन चाहन्छु । फुटबलमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएकोमा मनाङ मर्स्याङ्दी क्लब र फुटबल संघलाई धन्यवाद दिन चाहन्छु ।”
दुई साताअघि सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङले दुई खेलअघि उपाधि पक्का गरेको थियो । लिगमा लगातार १२ खेल जितेको मनाङ अन्तिम खेलमा फ्रेन्ड्स क्लबसँग १–० ले पराजित भएको थियो । नेपाली फुटबलमा सर्वाधिक सफल क्लब मनाङको यो आठौं लिग उपाधि हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC