site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल वुमन ट्वान्टी–२० स्म्यासको फाइनलमा, सीता र इन्दुको उत्कृष्ट प्रदर्शन
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपकप्तान सीता रानामगरको ४८ तथा इन्दु बर्माको अविजित ३७ रनमा इन्डोनेशियालाई ९२ रनले पराजित गर्दै नेपाल थाइल्यान्डमा जारी वुमन ट्वान्टी–२० स्म्यासको फाइनलमा प्रवेश गरेकोे छ । 

समूहका खेलमा शतप्रतिशत नतिजासहित सेमिफाइनलमा पुगेको नेपालले अपराजित यात्रालाई कायम राख्ने क्रममा इन्डोनेशियामाथि ९२ रनको शानदार जित निकालेको हो । थाइल्याण्ड क्रिकेट एशोसिसनको मैदानमा १ सय २० रनको लक्ष्य पछ्याएको इन्डोनेशिया ११ दशमलब १ ओभरमा २७ रनमा अलआउट भयो । 

Prabhu Bank
Agni Group
NIC Asia

इन्डोनेशियाका लागि ओपनर युलिया अग्रेनीले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो रन बनाउन सकेन् । चार खेलाडी खाता नै नखोली पेभेलियन फर्किँदा तीन खेलाडीले २–२ रन बनाएकी थिइन् । इन्डोनेशियाले पाँच रन अत्तिरिक्त पाएको थियो । इन्डोनेशियाका खेलाडीलाई सस्तैमा रोक्न नेपालकी कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ४ विकेट लिइन् । कबिता कुँवर,नेरी थापा,उपकप्तान सिता रानामगर र सरीता मगरको नाममा १–१ विकेट रह्यो । 

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेटको क्षतिमा १ सय १९ रन बनाएको थियो । ओपनर काजल श्रेष्ठले १४ रन र उपकप्तान सिता रानामगरले ४८ रन बनाएकी थिइन् । योसंगै उपकप्तान रानामगरले जारी प्रतियोगितामा नेपालबाट सर्वाधिक १ सय २५ रन बनाएकी छन् । 

Global Ime bank

जारी प्रतियोगितामा उनले ७ विकेट लिएकी छन् । अर्धशतकका लागि दुइ रन बाँकी रहँदा सिता रनआउट भएकी थिइन् भने ओपनर काजल क्याचआउट भएकी थिइन् । त्यसपछि क्रिजमा आएकी इन्दु बर्माले अविजित ३७ रन जोड्दा नेरी थापा पाँच तथा कप्तान रुबिना क्षेत्री २ रनमा अविजित रहिन् । 

उपकप्तान सिता रानामगरको अलराउन्ड प्रदर्शन प्रेरित नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अब शनिबार फाइनलमा समूह बिको विजेता थाइल्याण्ड र यूएईबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा अहिले थाइल्याण्ड र यूएई खेल्दैछन् । 

प्रतियोगितामा कठिन प्रतिस्पर्धा गर्नु नपरेको नेपालले समूह एको को अन्तिम खेलमा आयोजक थाइल्यान्ड ‘ए’ टिमलाई ९ विकेटले पराजित गरेको थियो । समूहको पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको नेपालले तेस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)लाई पनि ६ विकेटले हराएको थियो । नेपालले यूएईलाई हराउन अन्तिम ओभरसम्म खेल्नुपरेको थियो । 

त्यसबाहेक नेपालले अन्य खेलमा जितका लागि संघर्ष गर्नु परेको छैन । यस प्रतियोगिता लगत्तै नेपालले थाइल्याण्डमै आयोजना हुने आईसीसी ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिता खेल्नेछ । अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेका बेला अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले महिला क्रिकेट टोलीलाई यो अवसर दिएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  ११:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC