site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विश्वकै धनी अमेजनका सीईओको २५ वर्षपछि  डिभोर्स
Sarbottam CementSarbottam Cement

वाशिङटन । विश्वकै धनी व्यक्तिका रुपमा चिनिएका अमेजन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) जेफ बेजोज र उनकी पत्नी म्याककेन्जी बीच २५ वर्षपछि बुधबार डिभोर्स भएको छ । बुधबार पश्चिमा सञ्चार माध्यममा त्यो डिभोर्स ‘हट केक’ समाचार भएको थियो । 

जेफको सम्पति १३७ बिलियन डलर (नेपाली १,५४,५२,९१,५०,००,००० रुपैयाँ) रहेको मानिन्छ । अझ कतिपयले त पछिल्लो समयमा उनी १६० बिलियन डलरका मालिक भएको समेत जनाएका छन् । उनी वाशिङटन पोष्ट पत्रिकाका पनि मालिक हुन् । 

उनीहरुले बुधबार ट्विटरमा वक्तव्य नै दिएर डिभोर्सको घोषणा गरेका हुन्  । उनीहरुले के कसरी सम्पति बाँडफाँड गरे भन्ने कुरा खुलाइएको छैन  । 

Prabhu Bank
Agni Group
NIC Asia

जेफ सन् १९९७मा खर्बपति भएका हुन् । त्यसको चार वर्षपछि उनीहरुबीच विवाह भएको थियो । उनीहरुबीचको डिभोर्स सेटलमेन्ट गर्ने काम आर्थ डिलरका एलेक विल्डेस्टेन र न्यूयोर्कका जोसेलिन विल्डेस्टेनले गरेका हुन् । 

जेफले आफ्नी पत्नीलाई सबैभन्दा पहिला न्यूयोर्कमा भेटेका थिए । हेड्ज फन्डको अनुसन्धानको कामका लागि अन्तर्वार्ता लिने क्रममा पहिलो पटक उनीहरुको भेट भएको थियो । जहाँ उनी उपाध्यक्षका रुपमा काम गर्थे । 

Global Ime bank

म्याककेन्जीले सन् २०१३मा भोग म्यागेजिनसँगको कुराकानीमा सो कुरा उल्लेख गरेकी छन् । उनले त्यसमा भनेकी छन्, “मेरो अफिस उहाँको भन्दा पछाडिको ढोकाको छेऊमा थियो  । र, दिनैभरी मैले उहाँको गजबको हाँसो सुन्थे । त्यस्तो हाँसोमा म कसरी प्रेममा नपरी रहन सक्थे र ?” उनीहरु तीन महिना सम्मको डेटिङपछि ‘इन्गेज’ भएका थिए । त्यसपछि १९९३मा विवाह बन्धनमा बाँधिए । 

उनले विवाह गरेपछि वाल स्ट्रिटको उनको जागीर छोडेका थिए । त्यसपछि उनी सियाटलमा बस्न थाले । सियाटलमा उनीहरु एक बेडरुम भएको फ्ल्याटमा भाडामा बस्ने गरेका थिए । तर,  अमेजनको स्थापनापछि उनको जीवनले काँचुली फेरेको थियो । अहिले अमेरिकाका विभिन्न स्थानमा उनका ५ वटा घर छन् । प्रारम्भमा अमेजन एउटा अनलाइन बुकस्टोर मात्रै थियो ।  

उनीहरु चार जना छोराछोरीका आमाबाबु पनि भइसकेका थिए । तीन वटा छोरा थिए र एक छोरी थिइन् । छोरीलाई चीनबाट ‘एडप्ट’ गरिएको थियो । 

जेफ  ५४ वर्षीय छन्् भने उनकी पत्नी म्याककेन्जी ४८ वर्षीया हुन् । द ब्लुमबर्ग बिलियनियर इन्डेक्सका अनुसार उनी विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् । म्याककेन्जी उपन्यासकार पनि हुन् । उनले सन् २००५मा  द टेस्टीङ अफ लुथर अबल्राइट  र सन् २०१३मा ट्रयाप्स उपन्यास लेखेकी थिइन् ।

‘‘हामीले एकदमै भाग्यमानी महसुस गरेका थियौं । र हामी एक अर्काप्रति आभारीपनि थियौं’’ उनीहरुको वक्तव्यमा भनिएको छ ।  “हामीबीच वैवाहिक जोडीको रुपमा महान जीवन थियो । र हामीले महत्वपूर्ण भविश्य पनि देखेका थियौं,” उनीहरुले भनेका छन् । 

अमेजन विश्वकै महत्वपूर्ण कम्पनीका रुपमा अहिले स्थापित भएको छ । यसको मूल्य झण्डै ८१० बिलियन डलर रहेको बताइन्छ ।  अहिले यसको मूल्य माइक्रोसफ्टको भन्दा २० बिलियन डलर बढी भएको मानिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  ०७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC