site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बीपीएलमा सन्दीपको प्रभाव कायमै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिलेट सिक्सरबाट बंगलादेश प्रिमियर लिग (बीपीएल) मा डेब्यु गरेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो प्रभाव देखाइरहेका छन् । ढाकास्थित शेरे बंगाल राष्ट्रिय रंगशालामा भइरहेको खेलमा सन्दीपले आफ्नो ४ ओभर बलिङ गर्दै २ विकेट लिएका छन् । 
उनले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिएका हुन् । उनले शोहेब मल्लीक र अनुमल हाक्युलाई पवेलियन फर्काएका हुन् । मल्लीकलाई सन्दीले शविर रहमानको हातबाट क्याच गराएका थिए भने अनुमललाई स्टम्पिङ गरेका थिए ।
४ ओभर बलिङ गरेका सन्दीपले पहिलो ओभरमा ५, दोस्रो ओभरमा ३, तेस्रो ओभरमा ६ रन तथा अन्तिम चौथो ओभरमा २ रन खर्चेका थिए ।
सिलेट सिक्सर्सले दिएको १२८ रनको लक्ष्य पछ्याएको कोमिल्ला भिक्टोरियान्सले १६ ओभरमा ५ विकेट गुमाएर ९१ रन बनाएको छ । यसअघि पहिलो ब्याटिङ गरेको सिक्सरले निर्धारीत २० ओभर खेल्दै ८ विकेट गुमाएर १२७ रन बनाएको थियो ।
भिक्टोरियान्सविरुद्ध सिक्सरका निकोलास पुरानले सर्वाधिक ४१ रन बनाए । उनले २६बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा ४१ रन बनाए ।
त्यस्तै, अर्को ब्याट्सम्यान अफिफ हुसेन र आलोक कपालीले समान १९ रन बनाए भने कप्तान डेृभिड वार्नरले १४ रन बनाएका थिए । सिक्सर्सका लागि अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न सकेनन् ।
सिक्सर्सलाई कम रनमा रोक्न भिक्टोरियान्सका मोहमद सौफेदुनल, मोहमद शाहिदी र मोहमद हसनले समान २२ विकेट लिएका थिए भजनने शाहिद अफ्रीदीले एक विकेट लिएका थिए ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०७५  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC