site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
न्युजिल्यान्डविरुद्ध श्रीलंकाको संघर्ष 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । टोम लाथम र हेनरी निकोलसले शतक बनाएपछि न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा ६ सय ६० रनको विशाल लक्ष्य पछ्याएको श्रीलंकाले शुक्रबार तेस्रो दिन सकिँदा २४ रन बनाएर २ विकेट गुमाइसकेको छ ।
क्राइष्ट चर्चमा बक्सिङ डेका दिन शुरु टेस्टको पहिलो दुई दिन २२ विकेट गएको थियो । तर त्यही पिचमा शुक्रबार भने विकेट झरेन । लाथम र निकोलसले शतक बनाउँदा कोलिन डी ग्रान्डहोमले अक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरे । न्युजिल्यान्डले ५८५–४ को स्थितीमा दोस्रो इनिङ समाप्तिको घोषणा ग¥यो । ग्रान्डहोम ७१ रनमा अविजित रहे भने निकोलसले अविजित १ सय ६२ रन बनाए । ६ सय ६० रनको लक्ष्य पछ्याएको श्रीलंकाले तेस्रो दिन सकिँदा २४ रन जोडेर २ विकेट गुमाइसकेको छ ।
न्युजिल्यान्डले शुक्रबार २३१–२ को स्थितिबाट तेस्रो दिनको सुरुआत गरेको थियो । भ्रमणकारी टोलीका लहिरु कुमाराले रोस टेलरलाई ४० रनमा आउट गर्दै राम्रो सुरुआत गरेको थियो । २५ रनको स्थितीबाट तेस्रो दिनको सुरुआत गरेका रोस टेलरले थप १५ रन मात्र जोड्न सके । त्यसपछि श्रीलंका बलरमाथि घरेलु ब्याट्सम्यान पूर्ण रुपले हावी बने । लाथमले ७४ रनको स्थितीबाट तेस्रो दिन थालेका थिए । लाथमले १७६ रन बनाए । १७ चौका र १ छक्का हानेका लाथमलाई दुशमान्था चमीराले निरोशन दिकवालामार्फत क्याच गरेका थिए । त्यसपछि निकोलसले १६ चौकासहित अविजित  १ सय ६२ रन बनाए । ग्रान्डहोम ७१ रनमा अविजित रहे । 
६ सय ६० रनको लक्ष्य पछ्याएको श्रीलंकाले सुखद् शुरुआत गर्न सकेन । धनुष्का गुनथिलका ४ रन बनाएर आउट भए भने दिमुथ करुणारत्नेले रन जोड्न सकेनन् । गुणथिलकालाई ट्रेन्ट बोल्टले र करुणारत्नेलाई टिम साउथीले विकेटकिपर विजे वाटलिङमार्फत् क्याच गरेका थिए । तेस्रो दिन सकिँदा दिनेश चन्डीमल १४ तथा कशल मेन्डिस ६ रन बनाएर क्रिजमा छन् ।
टस जितेर ब्याटिङका लागि निम्त्याइएको न्युजिल्यान्डले पहिलो इनिङमा १७८ रन बनाएको थियो भने श्रीलंकाले १ सय ४ रन जोडेको थियो । वेलिङ्टनमा भएको पहिलो टेस्ट बराबरीमा टुंगिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०७५  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC