देश
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका– १ झोरबाट १४ जना जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग टोखाको टोलीले उनीहरुलाई सुरज लामाले सञ्चालन गरेको सुक्रिया लामा खाजा घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद ७४ हजार १ सय ६० रूपैया र ६ बुक तास बरामद भएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५ १६:५१
प्रतिक्रिया दिनुहोस्