site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सुन ६ सयले घट्यो, तोलाको ५८ हजार ८ सय रुपैयाँ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बहुमूल्य धातु सुनको भाउ घट्न सुरु गरेको छ । पछिल्ला चार दिन स्थिर रहेर  सोमबार घटेलगत्तै मंगलबार यसको भाउ बढे पनि बुधबार पुनः घटेको छ । बुधबार (आज) छापावाल सुन तोलाको ५८ हजार ८ सयमा झरेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको दाँजोमा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको हो । मंगलबार १ सय बढेर तोलाको ५९ हजार ४ सय रुपैयाँ पुगेको थियो ।  
सुनको भाउ गत साता बिहीबारदेखि आइतबारसम्म स्थिर थियो । चारै दिन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार भने तोलामा २ सय रुपैयाँ घटेको थियो ।  अघिल्लो साता बिहीबार ३ सयले घटेर तोलाको ५९ हजार ५ सय रुपैयाँमा झरेको सुनको भाउ त्यसको अघिल्लो दिन बुधबार भने २ सय रुपैयाँ घटेर ५९ हजार ८ सयमा कारोबार भएको थियो । तर, मंगलबार भने तोलाको ६० हजार रुपैयाँ पुगेको थियो । 
यसअघि गत कात्तिक २० गते पनि सुन तोलाको ६० हजार रुपैयाँ पुगेको थियो । त्यसयता यसको भाउ उतारचढावपूर्ण रहँदै आएको छ । अघिल्लो साता सोमबार ५९ हजार ४ सय रुपैयाँ, आइतबार ५९ हजार रुपैयाँ र शुक्रबार प्रतितोला ५८ हजार ५ सयमा कारोबार भएको थियो ।  
आज बुधबार छापावाल सुनको भाउ प्रतितोला ६ सयका दरले बढेर ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको भाउ भने प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा झरेको छ । मंगलबार तेजाबी सुन तोलाको ५९ हजार १ सय र चाँदी तोलाको ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो । 
महासंघका अनुसार पुस ४ (आज) सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ पुस ३ मा तोलाको ५९ हजार ४ सय, पुस २ मा ५९ हजार ३ सय तथा पुस १, मंसिर २९, २८ र २७ गते तोलाको ५९ हजार ५ सय रुपैयाँ थियो । मंसिर २५ मा भने तोलाको ६० हजार रुपैयाँसम्म पुगेको थियो ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC