site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
शौचालय नबनाइदिएको भन्दै ७ वर्षीया छोरीले पितालाई पुलिसकहाँ पुर्याएपछि...
Sarbottam CementSarbottam Cement

बीबीसी । भारतमा एक सात वर्षीया बालिका पिताले शौचालय बनाइदिने वचन पूरा नगरेको भन्दै पुलिसकहाँ पुगेकी छन् । हनिफा जरारा नामक ती बालिकाले बुवाले आफूलाई धोका दिएकाले उनलाई गिरफ्तार गर्नैपर्ने गुनासो गरेकी हुन् । आफूलाई खुलामा शौच गर्न अत्यन्तै शर्मनाक महसुस हुने गरेको बताउँदै उनले पितालाई पुलिस थानासम्म पुर्याएकी थिइन् ।  

सरकार तथा विभिन्न संघसंस्थाहरुको लगातार प्रयास गरेपनि भारतमा अझै पाँच करोड जनता शौचालयको पहुँच बाहिर रहेको युनिसेफको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै ग्रामीण क्षेत्रका कतिपय मानिस शौचालय भएपनि प्रयोग गर्ने गर्दैनन् । यस्तोमा तामिलनाडुमा बस्ने हनिफाको घरमा पनि आजसम्म शौचालय बनेको छैन तर उनको छिमेकका केही घरमा भने शौचालयको सुविधा रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसकारण उनले नर्सरीमा पढ्दैगर्दा आफ्ना बुवासँग शौचालय बनाइदिन वचन लिएकी थिइन् । उनी भन्छिन्, ‘त्यसरी खुलामा दिशापिशाब गर्दा मानिसहरुले हेरेको मलाई एकदमै असहज लाग्छ ।’ आफूले विद्यालयमा पनि शौचालयको प्रयोग स्वस्थकर हुन्छ भन्ने पढेकाले आफ्नो घरको समस्या समाधान गर्न प्रेरित भएको उनले बताइन् ।  

यसरी उनले पुलिसलाई लेखेको चिठीमा आफूलाई बुवाले कक्षामा प्रथम भए शौचालय बनाइदिने वाचा गरेको बताएकी छन् । तर नर्सरीदेखि कक्षामा शीर्ष स्थान हासिल गर्दै आएपनि २ कक्षा पुग्दासम्म गर्छु गर्छु मात्र भनेर बुवाले बाहान गरेको उनको भनाइ छ । यसैकारण विद्यालय नजिकको पुलिस कार्यालय जाँदा उनले आफ्ना साथमा सबै ट्रफी र प्रमाणपत्रहरु पनि साथमा बोकेर लगेको बताइएको छ । त्यसैले पितालाई पक्राउ नगरेपनि कम्तीमा बलपूर्वक शौचालय निर्माण गर्न लगाउन उनले आग्रह गरेकी छन् । 

Global Ime bank

यसरी पुलिस समक्ष गुनासो गरिसकेपछि उनका पिता इसानुल्हालाई बोलाइएको थियो । तर पुलिस कार्यालयमा बोलाइनु पछाडिको कारण थाहा पाउँदा पहिले त उनी आश्चर्यमा परे भने पछि चाहिँ लाज महसुस भएको बताएका छन् । पिता इसानुल्हाले बीबीसीसँग कुरा गर्दै भनेका छन्, ‘मैले उसलाई केही समय पर्खिन भनिरहेको थिएँ तर उनी मसँग बोल्नै छाडिन् ।’ यता हनिफाले भने आफ्ना बुवाप्रति कुनै दया नदेखाउने बताएकी छन् । 

हनिफाले यो विषयमा उठाएको आवाज जिल्ला अधिकारीसम्म पुगेपछि उनको छिमेकमा अब ५०० शौचालय निर्माण गर्ने योजना बनाइएको छ । अहिले उनको सानो प्रयासको पुलिस अधिकृतले पनि धेरै प्रशंसा गरेका छन् र जनतालाई जागरुक बनाउने अभियान सफल भइरहेको बताएका छन् । भारत सरकारले सन् २०१९ सम्ममा सबै घरमा एउटा शौचालय उपलब्ध गराउने लक्ष्य राखेको छ तर केही समय यता यो अभियान अवरुद्ध भइरहेको बताइएको छ । यसरी हानिफा पछिल्लो १० दिनदेखि यहि न्ह्युमा पितासँग बोलेकी थिइनन् तर पुलिससँगको कुराकानीपछि उनीहरुबीच बोलचाल भएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC