site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
संकटा उपाधि होड बलियो बनाउने लक्ष्यमा हुँदा एनआरटी पहिलो जितको खोजीमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । लगातार तीन खेलमा जित निकालेको संकटा क्लबले बिहीबार सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आठौं चरणको खेलमा हिमालयन शेर्पाविरुद्ध प्रतिस्पर्धा गर्दा पुछारको क्लब न्युरोड (एनआरटी) पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । 

चौथो चरणको खेलमा त्रिभुवन आर्मी क्लबसँग ५–१ को फराकिलो अन्तरमा पराजय भोगेको संकटा बाँकी सबै खेलमा विजयी नतिजा निकाल्दै तेस्रो स्थानमा छ । त्रिभुवन आर्मीबाहेक ठुला भनिएका क्लबको सामना नगरेको संकटा बिहीबार एन्फा मुख्यालयमा लगातार चौथो जित निकाल्ने लक्ष्यमा छ । 

Prabhu Bank
Agni Group
NIC Asia

संकटा क्लबमा खासै ठुला नाम नभए पनि लिगमा राम्रो नतिजा निकाल्दै आएको छ । ७ गोल खाएर विपक्षी पोष्टमा ११ गोल गरेको संकटा बिदेशी खेलाडीबाट प्रेरित छ । संकटाजस्तै हिमालयन शेर्पाले पनि ठुला क्लबविरुद्ध आफुलाई परिक्षण गरेको छैन । लिगका सातमध्ये ३ मा जित २ मा हार र २ खेलमा बराबरी खेलेको हिमालयन शेर्पा ११ अंकका साथ छैटौं स्थानमा छ ।

२०७० सालमा एनआरटी आर्थिक कारण देखाउँदै ‘ए’ डिभिजन लिग नखेलेपछि ‘बी’ डिभिजन लिगमा झरेको थियो । यसै सिजन उपविजेता बन्दै ‘ए’ डिभिजन लिगमा उक्लिएको एनआरटी पहिलो जितका लागि संघर्ष गरिरहेको छ । पहिलो खेलमै त्रिभुवन आर्मी क्लबलाई २–२ को बराबरीमा रोकेको एनआरटीले त्यसयता त्यही लय कायम गर्न सकेको छैन । विवादास्पद खेलमा उपाधि दाबेदार मानिएको त्रिभुवन आर्मीका सन्तोष लामाले अन्तिम मिनेटमा फ्रिकिकबाट गोल गरेपछि एनआरटीले अंक बाड्नु परेको थियो । बाँकी खेलमा एनआरटीको चुनौती फिका बन्दै आएको छ । एनआरटीले बिहीबार एन्फा मुख्यालयमै अर्को संघर्षरत टोली सरस्वती युथसँग प्रतिस्पर्धा गर्नेछ । दुई खेल जितेको सरस्वती ६ अंकका साथ नवौं स्थानमा छ ।

Global Ime bank

बिहीबारै हल्चोकस्थित घरेलु मैदानमा सशत्र प्रहरी बल (एपिएफ) ले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पछिल्ला दुई खेलमा लगातार विजय हासिल गरेको एपिएफ त्यहि लयलाई कायम राख्ने लक्ष्यमा हुनेछ । सुरुआती खेलमा खराब नतिजाबाट गुज्रिए पनि पछिल्ला जितले उत्साहित एपिएफ घरेलु मैदानमा स्पष्ट ३ अंक जोड्ने लक्ष्यमा हुँदा जावलाखेल युथ भने प्रदर्शन सुधार्ने प्रयासमा हुनेछ । 
१० अंकका साथ आठौं स्थानमा रहेको एपिएफले ७ मध्ये ३ मा जित ३ मा हार र १ खेल बराबरी खेलेको छ । पाँच खेलमा पराजय भोगेको जावलाखेल १ मा जित र १ खेलमा बराबरीको नतिजासहित ४ अंकका साथ ११औं स्थानमा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC