site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

राष्ट्रिय मानव अधिकार आयोगको २०७४ ÷७५  को वार्षिक प्रतिवेदनमा पनि मूलतः नेपाल सरकारले आयोगको सिफारिस कार्यान्वयन नगरेको पुरानै गुनासो दोहोरिएकोे छ । प्रतिवेदनमा ‘‘आयोगका सिफारिस ठूलो सङ्ख्यामा कार्यान्वयन नभएको’’ र त्यसलाई आयोगले चुनौतीका रूपमा लिएको उल्लेख गरिएको छ । आयोगले दण्डहीनताको अवस्थामा अपेक्षित सुधार आउन नसकेको, मानव अधिकार हनन एवं अपराधका घटनाहरूको पुनरावृित्त भएको पनि प्रतिवेदनमा उल्लेख गरेको छ । एउटा संवैधानिक निकायले आधिकारिकरूपमै यसरी गुनासो गरेपछिसरकारले त्यसमा स्पष्टीकरण दिनुपर्ने हो । तर, नेपालमा सरकार उत्तरदायी हुने संस्कारको विकास भएकै छैन । मानव अधिकार आयोगका सिफारिसहरू किन कार्यान्वयन नगरेको भनेर सोध्ने हो भने सरकारी अधिकारीहरूले यसअघि पनि गरिएको थिएन अहिले पूर्वाग्रह राखेर प्रश्न गर्ने भनेर प्रतिप्रश्न गर्न बेर छैन । तर, जसले जे भने पनि राष्ट्रिय मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन गर्ने दायित्व सरकारको हो र संविधानतः त्यो बाध्यात्मक व्यवस्था हो ।

मानव अधिकार हननमा संलग्न व्यक्तिहरूविरुद्ध छानबिन गरेर आयोगले कारबाहीको सिफारिस सरकारसमक्ष गरेको हुन्छ । यस्तै, राज्यका तर्फबाट अधिकार हनन भएका व्यक्तिलाई क्षतिपूर्ति दिन पनि आयोगले सिफारिस गरेको हुन्छ । तर, सरकारले बेवास्ता गर्दा यस्ता निर्णयहरू कार्यान्वयन नभई थन्किएका छन् । अभियुक्तहरू नै शासनमा हर्ताकर्ता भएपछि दण्डहीनता मौलाउनु कुन आश्चर्य भयो र ? दशक लामो हिंसात्मक विद्रोहका बेलाको मात्र हैन दोस्रो संविधान सभा निर्वाचनका बेलाको हिंसात्मक घटनाको जिम्मेवारी लिनेमाथि समेत कानुनी कारबाही गरिएको छैन । दण्डहीनताको यही संस्कार व्याप्त भएकाले मानव अधिकार हननका जघन्य घटनामा पनि अभियुक्तहरूले उन्मुक्ति पाउने गरेका हुन् । 

राष्ट्रिय मानव अधिकार आयोगले ‘‘गम्भीर प्रकृतिका मानव अधिकार उलंघनकर्ताहरूको नाम सार्वजनिक गर्नेतर्फ अध्ययन गरिरहेको’’ पनि प्रतिवेदनमा लेखिएको छ । विद्यमान दण्डहीनताको अवस्था अन्त्य गर्न मूलतः ‘‘सरकार र राजनीतिक दलहरूमा इच्छाशक्तिको अभाव’’ रहेको ठहर पनि आयोगले गरेको छ । त्यसैगरी आयोगले ‘‘दण्डहीनताको अन्त्यका लागि राजनीतिक प्रतिबद्धतासहित प्रभावकारी कानुनको कार्यान्वयन’’ हुनु अत्यावश्यक भएको ठानेको छ । राष्ट्रिय मानव अधिकार आयोगका सिफारिस बेवारिस बनाएर बनाएर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउनुको कुनै तुक छैन । आयोगले ‘‘गम्भीर प्रकृतिका मानव अधिकार उलंघनकर्ताहरूको नाम सार्वजनिक गर्नेतर्फ अध्ययन गरिरहेको’’ बताएको पनि धेरै नै भइसक्यो । सरकार र राजनीतिक दलहरूको इच्छाशक्ति पर्खेर बस्ने हो भने अहिलेको अवस्थामा सुधार हुँदैन भन्ने स्पष्ट देखिइसकेको छ । यसैले सरकारले कार्यान्वयन गर्न आलटाल गरेको सिफारिसका बारेमा सार्वजनिक जानकारी दिएर मानव अधिकार हननकर्ताको चेहरा दुनियाँलाई देखाउनु सम्भवतः प्रभावकारी उपाय हुनसक्छ । अब आयोग आफैँ यो उद्घोष पूरा गर्न अग्रसर होस् । नत्र, अायोग पनि घुर्कीमात्र लगाउने रून्चे निकायमा सीमित हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC