खेल
काठमाडौं । इचंगुनारायण कराते डोे र इचंगु सामुदायिक खेलकुद विकास समाज नागार्जुनको संयुक्त आयोजनामा दोश्रो नागार्जुन मेयर कप कराते प्रतियोगिता मंसिर २८ गतेदेखि सुरु हुँदैछ । दुई दिनसम्म चल्ने प्रतियोगितामा कुमुतेतर्फ पुरुष र महिलाका ९–९ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सन्तोष चाम्लीङले जानकारी दिए ।
भक्तपुर, ललितपुर, नुवाकोट, काभ्रेपलान्चोक र लमजुङका १५ बढी टोली सहभागिता हुने आयोजक जनाएको छ । विश्व कराते महासंघको नियमअन्तर्गत रहेर खेलाइने प्रतियोगितामा महिला र पुरुषका एकल काता पनि समावेश गरिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०७५ १७:०५
प्रतिक्रिया दिनुहोस्