site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मधेश राजनीतिको आरोह–अवरोहमाथि लेखिएको उपन्यास ‘धम्बोजी’ बजारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । पत्रकार सरोजराज अधिकारीको उपन्यास धम्बोझी प्रकाशनमा आएको छ । पुस्तक आजबाट बजारमा सर्वत्र उपलब्ध छ ।  झन्डै दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारीको यो चौथो पुस्तक हो । यसअघि उनको गैर–आख्यानतर्फ ‘जासुसीको जालो : विदेशी गुप्तचरको नेपाल चलखेल’ र ‘चक्रव्यूहमा चन्द्रसूर्य : राष्ट्रिय सुरक्षा र स्वाधीनताका चुनौती’ नामक खोजमूलक पुस्तक प्रकाशन भैसकेको छ । त्यस्तै आख्यानतर्फ ‘रूपबजारकी नोरा’ कथा संग्रह पनि प्रकाशनमा छ । 

मधेश राजनीति र पछिल्लो मधेश आन्दोलनको आरोह-अवरोहमाथि लेखिएको धम्बोझी उपन्यासमा आन्चालिक परिवेश  र अवधी भाषिकाको प्रयोग सहितको संवादले देहाती भाव सन्चार गरेको उपन्यासकारले बताएका छन् । नेपालगन्ज, बाँकेको सेरोफेरोमा लेखिएको यस उपन्यासले मधेशमा राजनीतिक अधिकारका लागि भएको लामो संघर्ष र धोकाधडीलाई केन्द्रीय विषय बनाएको छ । 
  
यसैबीच सांग्रीला बुक्सले धम्बोजी प्रकाशनको अवसर पारेर आफ्नो प्रकाशन र अन्य गरि तीन सय पुस्तक सिन्धुलीको झाँगाझोली, रातामाटास्थित प्रगतिशील माविका सहायक प्रधााध्यापक केशव भट्टराईलाई हस्तान्तरण गरेको छ । “लेखकले पुस्तक विमोचन कार्यक्रम नगरिकनै बजारमा पठाउन भनेपछि हामीले लोकार्पण खर्च बराबरको पुस्तक सामुदायिक विद्यालयलाई उपलब्ध गराउने निर्णय गरेका हौँ,” प्रकाशक मणि शर्माले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

लेखकका चारवटै पुस्तक अनलाइन किताब बिक्रेता किताबयात्रा डट कम र इ(सेवा पसल मार्फत  मात्र नौ सय उनान्सय रुपैयाँमा उपलब्ध छ ।

धम्बोझी उपन्यासलाई चांडै सांग्रीला बुक्स(इन्डिया मार्फत हिन्दि र अंग्रेजी भाषामा आउँदैछ छ । अँग्रेजी र हिन्दि भाषामा यसलाई सोमेश बर्माले अनुवाद गर्नेछन् । 
सांग्रिला बुक्सले प्रकाशन गरेको यस उपन्यासको मूल्य ३५८ रहेको छ ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०७५  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC