site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पुुष्पलाल स्मृती ब्याटमिन्टनमा आर्मीका तीन खेलाडी अन्तिम चारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन आर्मी क्लबका तीन खेलाडी आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा आर्मीका रत्नजित तामाङ्ग र पुलिसका निर बिक्रम देवकोटालाई २१—१७, २१—१८ ले पन्छाउँदै अन्तिम चारमा पुगेका हुन् ।

आर्मीका तामाङ्गले आफ्नै क्लबका रुकेश महर्जनको सामना गर्ने छन् । रुकेशले पुलिसका बिष्णु कटुवाललाई २१—१६, २१—१९ ले पराजित गरे । यस्तै आर्मीका अर्का खेलाडी नविन श्रेष्ठले भोजपुरका बिकास श्रेष्ठलाई २१—१९, २१—११ ले पन्छाए । श्रेष्ठले फाइनल प्रवेशका लागि एपीएफका दिपेश धामीको सामना गर्ने छन् । दिपेशले सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१—१६, २२—२० ले पराजित गरे ।

महिला एकलतर्फ नेपाली सेनाका दुई र एपीएफका दुई खेलाडीले अन्तिम चारको यात्रा तय गरे । बिहिबार सम्पन्न क्वाटरफाइनल खेलमा सेनाका नङ्गशल देवी तामाङ्ग बाँकेकी संझना शर्मालाई २१—१२, २१—८ ले पछाडी पार्दै सेमिफाइनलमा स्थान बनाउन सफल भइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तामाङ्गले फाइनल प्रवेशका लागि एपीएफकी शोभा गौचनको सामना गर्ने छिन् । शोभाले आर्मीकी अनुमाया राईलाई २१—१७, २१—१९ ले पन्छाइन् । यस्तै आर्मीकी रशिला महर्जनले गत सातौं संस्करणकी विजेता एपीएफकी जेशिका गुरुङ्ग संग सेमिफाईनलमा प्रतिस्पर्धा गर्ने छिन् । रशिलाले आर्मीकै रञ्जना भट्टलाई २१—१४, २१—१३ तथा जेशिकाले आर्मीकी अमिता गिरी माथि १९—२१, २१—१५, २१—११ को जित निकाले ।

नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यु—१७ ब्वाइजतर्फको खेलमा नेपाली ब्याडमिन्टनको इतिहासमा सवैभन्दा ठूलो उपलब्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका सिल्क ग्रुपका प्रिन्स दाहालले कैलालीका जेबी साउदलाई २१—७, २१—९को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाए ।
यस्तै अन्तिम चारमा स्थान बनाउने क्रममा जेष्ट ब्याडमिन्टनका प्रियान्सु सिंह क्षेत्रीले दाङ्गका हिमांशु कुँवरलाई २१—११, २१—१८, सेनाका दिवश शंकरले कैलालीका अमृत चौधरीलाई १९—२१, २१—११, २१—१३ तथा जेष्टका पेम्बा शेर्पाले कंचनपुरका हिमाल चन्दलाई २१—११, २१—१३ ले पराजित गरे ।

Global Ime bank

पुरुष युगलतर्फको खेलमा आर्मी र एपिएफले अग्रता लियो । एपीएफका दिपेश धामी र विजित थापा मगर तथा गौतम कठायत र सुनिल जोशीको जोडी अन्तिम चारमा पुग्यो । धामी र मगरको जोडीले पुलिसका दिपक बोहरा र जीवन आचार्यको जोडी माथि २१—१६, २१—१७ को जित निकाल्यो ।

यस्तै गौतम र सुनिलको जोडी बाँकेका इरफान अन्सारी र रियाज अन्सारीको जोडीमाथि २१—१५, २१—१६ को जित निकाल्दै सेमिमा स्थान बनाए । यसैगरि सेनाका रुकेश महर्जन र प्रफुल महर्जनको जोडी तथा रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले पनि सेमिमा स्थान पक्का गरे । रुकेश र प्रफुलको जोडीले एपिएफका साजन कृष्ण ताम्राकार र सुदीप सेंढाईको जोडीलाई २१—१६, २१—१७ तथा रत्न र नविनको जोडीले पुलिसका बिष्णु कटुवाल र अनिश श्रेष्ठको जोडीलाई २१—१७, २२—२० ले पराजित गरे ।

यु—१७ गल्र्स तर्फ आर्मीका रशिला महर्जन र रञ्जना भट्ट तथा मोरङ्गका रोज पाण्डे र सिमा राजबंशी अन्तिम चारमा पुगे । आर्मीकी रशिलाले जेष्टकी डिमोना के.सीलाई २१—२, २१—४ तथा रञ्जनाले झापाकी अञ्जना राईलाई २१—१६, २१—१५ ले पाखा लगाए । यस्तै मोरङ्गकी रोजले जेष्टकी स्मृती राईलाई २१—५, २१—१३ तथा सिमाले कंचनपुरकी बिष्णा बिष्टलाई २१—८, २१—९ ले हराए । अव सेमिमा रशिलाले रोजको तथा सिमाले रञ्जनाको सामना गर्ने छन् ।

यसैगरि प्रतियोगिताको महिला युगलतर्फ सेनाका अनुमाया राई र अमिता गिरीको जोडीले सेमिफाइनलमा एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्गको सामना गर्ने भएका छन् । राई र गिरीको जोडीले जेष्टका ज्योती लिम्बु र दिना पुनको जोडीलाई २१—१५, २१—१२ तथा श्रेष्ठ र गुरुङ्गको जोडीले जेष्टकै स्मृती राई र साफि खत्रीको जोडीलाई २१—७, २१—५ ले पराजित गरे ।

यस्तै अर्को प्रतिस्पर्धा सेनाका नङ्गशल तामाङ्ग र रशिला महर्जनको जोडीले भोजपुर र बाँकेका सिता राई र संझना शर्माको जोडीबीच हुनेछ । तामाङ्ग र महर्जनको जोडीले जेष्टका तारा आले र मनिषा खड्काको जोडीलाई २१—८, २१—४ ले तथा राई र शर्माको जोडीले मोरङ्गका सिमा राजबंशी र रोज पाण्डेको जोडीलाई २१—८, २१—१४ ले पराजित गरे । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC