काठमाडौं । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको थाउजेन्ड ओक्स नामक सहरको बोर्डरलाइन बार एन्ड ग्रिलमा बुधवार राति अबेर एक जनाले अन्धाधुन्ध गोली प्रहार गर्दा एक प्रहरी अधिकृत र गोली प्रहार गर्ने व्यक्तिसहित १३ जनाको ज्यान गएको छ । द वासिङटन पोस्टका अनुसार गोली लागेर अरू कैयौं घाइते भएका छन् ।
बुधवार ‘कलेज कन्ट्री नाइट’ मनाइएको थियो । गोली प्रहार गरिएको ठाउँमा सयभन्दा बढी रहेको प्रहरीले बताएका छन् ।
एक वर्ष पहिले अमेरिकाको लास भेगासमा एक जना ६४ र्वषीय व्यक्तिले जथाभावी गोली हान्दा ५८ जना मारिएका थिए ।
गोली हान्नेको परिचय अझै नखुलेको द गार्जियनले जनाएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार जथाभावी ३० राउन्ड जति गोली हानेपछि उसले धुवा आउने बम प्रहार गरेको थियो ।