site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कसकसले लगाइदिन्छ शीर्ष नेतालाई टीका
Sarbottam CementSarbottam Cement

काठमाडौँ । तिहारको समयमा मुख्य राजनीतिक दलका शीर्ष नेता प्रधानमन्त्री, एवम् मन्त्रीहरूले फुर्सद पाएका छन् । तिहारको समयमा पार्टीले आयोजना गरेको चियापानबाहेक अन्य राजनीतिक गतिविधि नभएकाले फुर्सद पाएका छन् । र, उनीहरू तिहारको रमझममा छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कान्छो भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाउँदै आएकी छन् ।

अर्का भाइ अमेरिकामै बसोबास गर्ने हुनाले यसपटक पनि डेगेन्द्रलाई नै टीका लगाइदिने शीतल निवासले जानकारी दिएको छ । राष्ट्रपतिले शुभसाइतमै राष्ट्रपति भवन शीतल निवासमा टीका लगाइदिने छिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दुई बहिनीको हातबाट टीका थाप्ने तयारी गरिरहेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रेस संयोजक चेतन अधिकारीका अनुसार झापामा रहेकी बहिनी कौशल्या कोइराला र चितवनमा रहेकी अर्की बहिनी विष्णुकुमारी ढकाल काठमाडौँ आइसकेका छन् ।

Global Ime bank

धपेडीका कारण दसैँलगत्तै ओछ्यान परेका प्रधानमन्त्री ओलीले पूर्ण स्वास्थ्य लाभ गरेको र तिहारमा टीकाटालोको कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको हो ।

यता पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल भने बरखीमा छन् । गतवर्ष दिवंगत भएका छोरा प्रकाश दाहालको जूठो नसकिएकाले उनले यसवर्ष टीका थाप्ने छैनन् । यद्यपि घरमै कार्यकर्ता भेटघाट गरेर तिहार मनाउने उनको सचिवालयले जानकारी दिएको छ ।

पार्टीका तेस्रो वरियताका नेता माधव नेपालले बहिनी बसुधा पोखरेलको हातबाट टीका लगाउनेछन् ।

त्यस्तै झलनाथ खनालले भने भक्तपुरमा रहेकी जेठी दिदी यशोधादेवी आचार्य र काठमाडौमा रहेकी बहिनी कुसुम खनालको हातबाट शुभ साइत (११ः५५)मै टीका थाप्ने कार्यक्रम रहेको खनालका सहयोगी कृष्ण भट्टराईले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दलका नेता एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले भने बहिनी सुशीला खड्काको हातबाट वर्षेनी टीका थाप्दै आइरहेको र यसपटक पनि खड्काले नै टीका लगाउने उनको सचिवालयले जानकारी दिएको छ ।

पार्टीका अर्का नेता रामचन्द्र पौडलले भने ठूलीआमाकी छोरी चन्दा ओझाबाट टीका थाप्ने गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०७५  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC