site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
उपाधिका लागि फाइनलमा राम्रो खेल्नुपर्छ : पारस खड्का, अघिल्लो खेलका गल्ती दोहरिए : ज्ञानेन्द्र मल्ल
Sarbottam CementSarbottam Cement

पोखरा ।  विराटनगर टाइटन्सविरुद्ध अन्तिम ओभरमा रोमाञ्चक जित निकाल्दै पोखरा प्रिमियर लिग (पीपीएल) को इलिमिनेटर खेलमा स्थान पक्का गरेको चितवन राइनोजले आइतबार काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गरेर प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ । 

आइतबारको जितसँगै पोखरा पल्टनसँगको उपाधि भिडन्त पक्का गरेको चितवनका कप्तान पारस खड्काले फाइनलमा पनि विजयी लयलाई कायमै राख्ने बताए ।

“पछिल्ला ४ खेलमा टिम प्रतिवद्ध छ । अरुले दिएको लक्ष्य पुरा गर्न होस् वा आफुले लक्ष्य दिन । उपाधि जित्न अब हामीले एक राम्रो खेल खेल्नुपर्नेछ,” चितवनका कप्तान पारसले थपे, “हामी यो जितको लयलाई कायम राख्ने कोसिस गर्नेछौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार काठमाडौंविरुद्धको सन्नी पटेलले गरेको प्रदर्शनबारे पारस भन्छन्, “उनले दोस्रो ओभरमा ३ विकेट लिएपछि काठमाडौंलाई दबाबमा राख्न सफल भयौं । त्यो ओभरपछि पनि निरन्तर विकेट लिएपछि उनीहरुलाई ९५ रनमा अलआउट गर्न सफल भयौं । ब्याटिङतर्फ पनि आरिफ र स्मित पटेलको साझेदारीले जित सहज भयो ।”

लिग चरणमा बुुटबल ब्लास्टर्स र पोखरा पल्टनसँग पराजित भएको चितवनले धनगढी ब्लुुजविरुद्धको तेस्रो खेलमा विजय हासिल गर्दै प्रतियोगितामा पुनरागमन गरेको थियो । 

Global Ime bank

“दुुई खेल हारिसकेपछि बाँकी सबै खेल हाम्रो लागि फाइनलसरह थियो । त्यसैले धेरै मिहिनेत गर्नु पर्यो,” चितवनका कप्तान पारसले फाइनल यात्राबारे भने, “अहिले हामी फाइनलमा स्थान बनाउन सफल भयौं ।”

पारसले ६ इनिङमा ६६ रन बनाएका छन् । उनले बनाएको सबैभन्दा ठुलो स्कोर ४४ रन हो । प्रतियोगितामा आफ्नो खराब प्रदर्शन रक्षा गर्दै पारसले भने “मलाई आउट हुुँदा पनि सुुविधा छ । मेरो टिममा ब्याटिङ अर्डर लामो छ । जसले टोलीलाई जिताउन सक्छ । कसले कति रन हान्यो भन्दा पनि टोलीको जित महत्वपूूर्ण हो ।”

प्रतियोगितामा इलिमिनेटरबाट बाहिरिउको काठमाडौं रोयल्सका कप्तान ज्ञानेन्द्र मल्लले अघिल्ला खेलको गल्ति दोहरिँदा टोली पराजित भएको बताए । 

“हाम्रो योजना जित्ने नै थियो । तर, अघिल्ला खेलका गल्तिहरु दाहोरिए । दोस्रो ओभरमै तीन विकेट गुमाउँदा समस्या भयो,” राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका मल्लले भने “पहिलो इनिङमै हामी पछि परिसकेका थियौं । शुरुमै विकेट गएका कारणले पनि होला हामीले विकेटको शृखलालाई रोक्न सकेनौं ।”

टस जितेर ब्याटिङ रोज्नुको कारणबारे कप्तान ज्ञानेन्द्रले भने, “राम्रो ब्याटिङ गरेर राम्रो योगफल बनाउन सक्यौं भने उनीहरुलाई दबाब राख्न सक्छौं भन्ने थियो । तर त्यस्तो हुन सकेन । लयमा रहेका खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा टोली अप्ठ्यारोमा प¥यो ।”
प्रतियोगिताको फाइनलमा मंगलबार पोखरा पल्टन र चितवन राइनोजले प्रतिस्पर्धा गर्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०७५  २२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC