site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पहिलो हाफमा पुलिस क्लबको एक गोलको अग्रता
Sarbottam CementSarbottam Cement

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको आज भएको जावलाखेल युुथ क्लब र नेपाल पुुलिस क्लबबीचको खेलमा पुलिस क्लबले पहिलो हाफमा एक गोलको अग्रता बढाएको छ । पुलिसका लागि अजित भण्डारीले उत्कृष्ट गोल गर्दै पहिलो हाफमा टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ३१ औं मिनेटमा तेज तामाङको क्रसलाई अजितले पोष्टको दिशा दिएका थिए । जावलाखेलका ओलालेकन अफिज लवालले सुमन लामालाई लडाएपछि पुलिसले फ्रीकिक पाएको थियो । फ्रीकिकमा सुमनलेसँगै रहेका तेजलाई पास दिए । तेजले केही अगाडि बढेर प्रहार गरेको बललाई क्रसमा अजितले गोल गरेका हुन ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसअघि पनि पुलिस क्लबले गोलको केही राम्रा अबसर सिर्जना गरेको थियो  । खेलको सातौं मिनेटमा  पुलिसका सुमन लामाको फ्रीकिक थोरैले बहिरिएको थियो ।

त्यसको तीन मिनेट बित्न नपाउदै सन्तोष हेमरूनको क्रसमा अभिषेक रिजालले बक्सभित्रबाट गरेको हेडले पनि पोष्टको दिशा लिन सकेन । त्यस्तै, खेलको २० औं मिनेटमा सन्तोष हेमरूनले गरेको प्रहार जावलाखेलका गोलकिपर टेकेन्द्र थापाले संघर्षपूर्ण बचाउ गरेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC