site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीले दिए नेपाल प्रहरीलाई स्याबासी
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल प्रहरीको भूमिकाको खुलेर प्रशंशा गरका छन् ।

हत्या, हिँसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै प्रहरीको भूमिकालाई लिएर आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको दृढता, इमान्दारिता र कर्तव्यनिष्ठाको मुक्तकण्डले प्रशंसा गरेका हुन् । नेपाल प्रहरीले जनताको निकट रहेर अपराध  नियन्त्रण र समाजमा अमनचयन कायम गर्न उल्लेखनीय योगदान दिँदै आएको प्रधानमन्त्री ओलीको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

६३ औं प्रहरी दिवसको अवसर पारेर बिहिबार काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान काार्यालयमा आयोजित एक समारोहमा बोल्दै उनले संयुक्त राष्ट्र संघको मिसनमा रहेर नेपाल प्रहरीले खेलेको भूमिकाको पनि स्मरण गरे ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउने अभियानलाई सार्थक बनाउन नेपाल प्रहरीले थप जिम्मेवार बन्नुपर्ने पनि बताए । उनले नेपाल प्रहरीको भूमिकालाई अझै प्रभावकारी बनाउन सरकारले आवश्यक स्रोत, साधनको उपलब्ध गराउने आश्वासन पनि दिए ।

Global Ime bank

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई नमूना प्रहरी संगठनको रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गरे । उनले नेपाल प्रहरीलाई आक्षेपमुक्त बनाउन आफू सदैव सचेत रहेको पनि स्मरण गराए । प्रहरी महानिरीक्षक खनालले प्रधानमन्त्री ओलीको गतिशील संरक्षकत्वले प्रहरी संगठनलाई प्रभावकारी बनाउन प्रेरणा दिएको पनि उल्लेख गरे ।

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले अपराध नियन्त्रणका लागि सूचना र प्रविधिको विकासमा जोड दिएको पनि बताए ।
 
फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC