अर्थ व्यवसाय
काठमाडौं । टोयोटाको नेपालको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नयाँ बजारमा अटो पार्टसको आधिकारिक आउटलेट स्थापना गरेको छ । सिन्डिकेटका सिनियर डाइरेक्टर कैलाश राजभण्डारीले आउटलेट उद्घाटन गरे । यो आउटलेटमा टोयोटा गाडीका लागि आवश्यक पर्ने सम्पूर्ण पार्टस उपलब्ध हुने जानकारी कम्पनीले दिएको छ । यो वैद्यज् अर्गनाइजेनस अन्तर्गतको कम्पनी हो ।
नेपालमा यो समूहले ४९ वर्ष देखि टोयोटाका गाडी नेपालमा विक्री वितरण गर्दै आएको छ । उद्घाटन कार्यक्रममा उनले समानको गुणस्तरमा सम्झौता नगर्ने बताए । बजारमा चोरी आयातका पार्ट्सको विगविगी रहेकोले उपभोक्ता गठिएको पनि बताए ।
टोयोटाको यो दोस्रो आधिकारिक पार्टस सेन्टर हो । कम्पनीले राजधानीको तीनकुनेबाट जेन्युयन पार्टस विक्री गर्दै आएको छ । युनाइटेड ट्रेडर्स सिन्डिकेटका अनुसार नेपालमा टोयोटाका ३५ हजारको हाराहारीमा गाडीहरु छन् ।
प्रकाशित मिति: आइतबार, साउन ९, २०७३ १२:२०
प्रतिक्रिया दिनुहोस्