site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लर्ड्समा जित हासिल गरेको नेपाली टोली स्वदेश फिर्ता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ । क्रिकेटको मक्का मानिने लर्ड्स क्रिकेट मैदानमा ऐतिहासिक जित हासिल गरेको नेपाली राष्ट्रिय क्रिकेट टिम शुक्रबार अपरान्ह स्वदेश फर्केका छन् । इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले मंगलबार विश्वकै पुरानो क्रिकेट क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बिरुद्धको अन्तिम मैत्रीपुर्ण खेल र केहि दिनको बसाइपछि नेपाली टोली शुक्रबार स्वदेश फर्किएका हुन् ।
लर्ड्स मैदानमा नेपालले मंगलबार एमसिसीलाई  ४१ रनले पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो  । नेपालले पहिलोपटक लर्ड्स क्रिकेट मैदानमा खेल्ने अवसर पाएको हो । र, नेपालले पहिलो खेलमा नै जित हासिल गरेको हो । लर्ड्स मैदानमा नेपाल जस्ता एसोसियट राष्ट्रहरूले खेल्ने मौका कमैले पाउने गर्छ । तर, नेपाल र ब्रिटेनबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा लर्ड्समा नेपालले खेल्न अवसर पाएको हो । नेपालले त्यसअघि स्थानीय चार टोलीसँग पनि मैत्रीपूर्ण खेल खेलेको थियो । ति चार खेलमै नेपालले जितेको थियो । 
इंग्ल्यान्ड भ्रमणलाई नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डसँगको खेलको तयारीको रुपमा समेत लिएको छ । नेपालले नेदरल्याण्डसँग आगामी साउन २९ र ३१ गते उसैको मैदानमा खेल्नेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा तेस्रो चरणको खेल सकिँदा नेपाल नेपाल छैटौं स्थानमा छ ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ७, २०७३  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC