खेल
एजेन्सी, सेलिब्रेटीहरूप्रति समर्थक र शुभचिन्तको माया कत्तिको हुन्छ भन्ने कुराको जिउँदो उदाहरण बनेका छन् सुली नाम गरेको एक युवक । २४ वर्षका ती युवकले स्टार खेलाडी लिओनल मेसी भेट्न समुद्रमा एक किलोमिटर लामो पौडी पार गरेका छन् । भेलेन्सियादेखि १ सय ५० किमी पूर्वीयतटमा रहेको मेडिटेरियन समुन्द्रको इबिजामा बिदा मनाएर बसिरहेका मेसीलाई प्राइभेट जहाजमा देखेपछि यी युवा समुद्रमा हाम्फालेको स्पेनिस पत्रिकाले बताएको छ । उनले मेसीलाई भेट्न एक किलोमिटर ज्यादा पौडनु परेको थियो ।
कोपा अमेरिका कपको फाइनलमा चिलीसँग पराजित भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका मेसी बिदा मनाउन इबिजा पुगेका थिए । पौडी खेल्दै पानी जहाज नजिकै पुगेका सुलीले उनीसँग भेट्ने इच्छा जाहेर गरेपछि मेसीले जहाज माथि नै चढ्न आदेश दिएको एनडीटीभी स्पोर्टस्ले उल्लेख गरेको छ ।
A fan swam out to Lionel Messi's yacht in order to get a photo with him ???? (via @NeyMarvellous) pic.twitter.com/k2lto5uOAn
— NBC Sports Soccer (@NBCSportsSoccer) July 17, 2016
प्रकाशित मिति: बिहीबार, साउन ६, २०७३ १५:१३
प्रतिक्रिया दिनुहोस्