site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से परिसूचक २७ अङ्कले बढ्यो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ । धितोपत्र बजारमा आज नेप्से परिसूचक २७ अङ्कले वृद्धि भई एक हजार ७४५ विन्दुमा पुगेको छ । 
 
कुल १३६ कम्पनीको रु एक अर्ब ३६ करोड २८ लाख २८ हजार ४६९ मूल्य बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 
 
दैनिक तीन घन्टा मात्रै कारोबार हुँदै आएको बजार आजदेखि एक घन्टा थप गरी चार घन्टा बनाइएको छ । बिहान ११ बजेदेखि सुरु भएको बजार सदाझै ३ बजे बन्द हुँदा कुल २२ लाख ७२ हजार ४५ कित्ता सेयर बिक्री भएको छ । 
 
विभिन्न चार समूहको सेयर उकालो लागेकामा अर्का चारवटै समूहको सेयर भने ओरालो लागेको छ । बैैंकिङ समूह ३।१८, फाइनान्स ०।७१, उत्पादन समूह १.५७ र अन्य समूहको सेयर २.९३ प्रतिशतले बढेको छ । होटल ०.४५, विकास बैंक १।८, जलविद्युत् ०.९४ र बिमा समूहको सेयर ०.५५ प्रतिशतले झरेको छ । 
 
एक घन्टा कारोबारको समय बढाइएको भए पनि बजारमा आज खासै प्रभाव नपरेको स्टकका सहायक प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिए । उनका अनुसार थपिएको समयको प्रभाव बजारमा विस्तारै पर्दै जाने छ । 
 
नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै स्टकले कारोबारको समय एक घन्टा थप गरेको हो । जलविद्युत् लगानी तथा विकास कम्पनीको मात्रै आज रु १२ करोड ७२ लाख ६३ हजार २९७ को कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता रु ४७६ मा कारोबार भएको हो ।  रासस
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २, २०७३  १७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC