site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आतंकवादीहरूलाई समर्थन गरेको आरोप लगाउँदै साउदी अरब र बहराइनसहित मध्यपूर्वका ४ देशले कतारसँग सम्बन्ध तोड्ने निर्णय गरेका छन् । यो निर्णयले खाडीका अरब राष्ट्रहरूबीच बढिरहेको असहज सम्बन्धको झलक प्राप्त भएको दैनिक हिन्दूस्तानको समाचारमा जनाइएको छ । 
बहराइनको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै आफ्नो देशले कतारको दोहाबाट ४८ घन्टाभित्र आफ्नो राजनीतिक मिसनलाई फिर्ता बोलाउन लागेको बताएको छ । यसै अवधिमा कतारका सबै कूटनीतिज्ञहरूलाई बहराइन छोड्न पनि मन्त्रालयले आदेश दिएको छ ।
समाचारअनुसार बहराइनले कतारका सबै नागरिकलाई दुई हप्ताभित्र बहराइन छोड्न निर्देशन दिनुका साथै दुबै देशबीच हवाइ र समुद्री यातायात बन्द गर्ने निर्णय गरेको छ । 
बहराइनले कतारका सञ्चार माध्यमका उत्तेजक गतिविधि, आतंककारी गतिविधिलाई कतारले दिएको समर्थन र बहराइनमा तोडफोड गर्न कतारले उक्साइरहेका कारण आफूले यस्तो निर्णय लिएको जनाएको छ । यसबारे कतारको प्रतिक्रिया अझै बाहिर आएको छैन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०७४  ०४:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC