site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अफगानिस्तानमा दूतावासहरू रहेको क्षेत्रमा विस्फोट
Sarbottam CementSarbottam Cement

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा विदेशी दूतावासहरूको नजिकै ठूलो विस्फोट भएको समाचार बीबीसीले प्रेषित गरेको छ । विस्फोट भएको क्षेत्रमा राष्ट्रपतिको आवाससमेत रहेको र उक्त विस्फोटले १०० मिटर वरिपरिका घरहरूलाई नोक्सान पुगेको समाचारमा उल्लेख छ । 

दैनिक भास्करले उक्त विस्फोट काबुलमा भारतीय राजदूतावासको नजिकै भएको जनाएको छ । विस्फोटमा परी दुई जनाको मृत्यु भएको समाचारमा उल्लेख छ । अफगानिस्तानको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार घटनामा झन्डै ९० जना घाइते भएका छन् । समाचारमा उक्त विस्फोटमा इरानी राजदूतावासलाई निसाना बनाइएको उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

घटनाबारे ट्विट गर्दै भारतीय विदेश मन्त्री सुषमा स्वराजले सबै भारतीय कर्मचारीहरू सुरक्षित रहेको बताएकी छन् । अफगानिस्तानको समाचार एजेन्सी टोलो न्युजका अनुसार हमलामा मारिने र घाइते हुनेमा अधिकांश व्यक्तिहरू सर्वसाधारण छन् । यसअघि शनिबार पनि अफगानिस्तानको खोस्त सहरमा कारबम विस्फोट भएको थियो, जसमा १८ जनाको मृत्यु भएको थियो ।

शनिबार नै सुरक्षाकर्मी र आतंकवादीहरूबीचको मुठभेडमा ३६ जनाको मृत्यु भएको थियो भने शुक्रबार तालिबान आतंककारीहरूले कन्दहारको एउटा सैनिक शिविरमा आक्रमण गर्दा १५ सैनिक मारिएका थिए ।    

Global Ime bank

बुधबार (आज) को विस्फोटपछि कालो धुँवाको मुस्लो आकाशमा देखिएको थियो । घटनामा कोही हताहत भए नभएको खबर अझै आएको छैन । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०७४  १२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC