site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मस्कले हटाए ट्रम्पको ट्विटर एकाउन्टमाथिको प्रतिबन्ध
Sarbottam CementSarbottam Cement

न्युयोर्क । ट्विटरका नयाँ मालिक तथा विश्वका सर्वाधिक धनी अर्बपति एलोन मस्कले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको निजी ट्विटर एकाउन्ट पुनःस्थापना गरेका छन् । 

मस्कले ट्विट गरेका छन्, “ मानिसहरुले बोलेका छन् । १ करोड ५० लाखभन्दा बढी ट्विटर प्रयोगकर्तामध्ये ५१ दशमलव ८ प्रतिशतले ट्रम्पको ट्विटर एकाउन्टमा लगाइएको प्रतिबन्ध हटाउन मतदान गरेका छन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

तर, ट्रम्प यस प्लेटफर्ममा नफर्कने सम्भावना बढी छ । किनभने यसअघि नै ट्रम्पले ट्विटरमा फर्कनु पर्ने आफूले कुनै कारण नदेखेको बताइसकेका बीबीसीले लेखेको छ । 

हिंसा भड्काउन सक्ने खतराको कारण सन् २०२१ मा उनको ट्विटर एकाउन्ट निलम्वन गरिएको थियो । २०२१ को ६ जनवरीमा ट्रम्पका समर्थकहरु वासिंगटन डीसीस्थित अमेरिकी क्यापिटल भवनमा प्रवेश गरेको केही दिनपछि ट्विटरको पूर्व व्यवस्थापनले सो कारबाही गरेको थियो । 

Global Ime bank

जो बाइडेनलाई राष्ट्रपतीय निर्वाचनमा विजय हासिल गरेकोमा औपचारिक प्रमाणपत्र दिने तरखर भइरहेका बेला सयौँ दंगावाज अमेरिकी कंग्रेसमा प्रवेश गरेका थिए । त्यसबेला भएको हिंसात्मक घटनामा चारजना सर्वसाधारण र एकजना प्रहरीको ज्यान गएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC