site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौँ । अनुकूल मौसमले पर्वतीय उडानको आकर्षण बढेको छ । 
खासगरी शरद ऋतु दृश्यावलोकन र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी उडान भइरहेको सम्बद्ध कम्पनीले जनाएका छन् । यद्यपि विगतका वर्षमा जस्तो उत्साह भने यस वर्ष नरहेको उनीहरुको भनाइ छ । तुलनात्मक रुपमा यस वर्ष पर्वतीय उडानको अवस्था राम्रो रहेको यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले जानकारी दिए । 
उनका अनुसार अहिले दैनिक चारदेखि पाँच उडान भइरहेका छन् जुन विगतका वर्षका तुलनामा कम हो । भूकम्प र नाकाबन्दीका कारण अघिल्लो वर्ष यो सङ्ख्या घटेको थियो । त्यसअघिका वर्षमा दैनिक आठ वटासम्म उडान हुने गरेको थियो । पर्वतीय उडान काठमाडौँबाट आवतजावत गरी एक घन्टाको हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु भई गणेश हिमाल, सगरमाथा हुँदै कञ्चनजङ्घा हिमाल नजिक पुगेर पुनः काठमाडौँमा अवतरण हुन्छ । अग्ला हिमालसँगै महाभारत पर्वत शृङ्खलाको रमणीय दृश्य हेर्न स्वदेशी तथा विदेशी पर्यटक लालायित हुन्छन् । 
पर्वतीय उडानका लागि नेपाली र भारतीयलाई रु आठ हजार आठ सय २५ र अन्य मुलुकका नागरिकलाई एक सय ९७ अमेरिकी डलर भाडा लाग्छ । बुद्ध एयर, यति र सिम्रिक एयरलाइन्सले पर्वतीय उडान भर्दै आएका छन् । नेपाल वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता घनश्याम आचार्यका अनुसार नेपालमा १८ निजी हवाई कम्पनीले उडान भर्छन् । तीमध्ये आधाभन्दा बढी हेलिकप्टर छन् । उपयुक्त वायुयान भएका र नियमित उडान भर्ने तीन कम्पनीले पर्वतीय उडान भर्ने गरेको आचार्यले बताए । 
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro